मेराे ब्रह्मको अनुभव

By Nirmala Hamal

घुम्नलाई घुमियो, गईयो धेरै ठाउँ

सबैभन्दा राम्रो त, हाम्रै ब्रह्म गाउँ |

आहा कति रमाईलो छ, ब्रह्म भन्ने ठाउँ

स्वच्छ, शान्त, आनन्दले भरिएको गाउँ |

कति गाह्रो पुग्नलाई, ब्रह्म भन्ने ठाउँ

ब्रह्म भन्ने कस्तो रैछ, हेर्न सबै जाउँ | Continue reading “मेराे ब्रह्मको अनुभव”

मेरो उपचार !!!!

By Sushma Dhakal

यहाँहरु सबैलाई हार्दिक नमस्कार !!!

          म एउटी बिरामी व्यक्ति हुँ । बिरामीबाट मुक्त हुनाका लागि विभिन्न घरेलु, मेडिकल तथा अन्य प्रकारका उपचार गर्दा पनि मेरो रोग निको हुन सकेन । मैले दिनमा तीन पटक गरेर १४ वटा क्याप्सुल खाने गर्दथें । उपचारका हरसम्भव उपाय अपनाईयो | डाक्टरको उपचारले निको नभएकाले, लामा धामीबाट पनि उपचार गर्ने काम भयो तर पनि मेरो रोगको कुनै टुंगो लागेन । हरेक प्रयास असफल हुंदा डाक्टर, वैद्य तथा लामा झाक्री सबैबाट विश्वास हट्न पुग्यो । यस अवस्थामा एकदिन यतिकै बसेको बेलामा एक दिन जीवनको अन्तिम उपचार गर्छु जस्तो लाग्यो । मेरो सानो परिवार थियो, परिवारका लागि बांच्न मन लाग्यो । घर परिवारमा अन्योल थियो । तर पनि म मान्छे नै परें, बाच्ने आशा पलायो र मैले डाक्टर कमल सरसंग उपचार गर्छु भनेर गएँ । Continue reading “मेरो उपचार !!!!”

शिव हल्ला चलेछ

By Indra Magar

हल्ला चलेछ शिव हल्ला चलेछ।

कृष्णजीको जन्मदिन आयो हल्ला चलेछ।।

कृष्णजीलाई दर्शन गर्न आउँछु भनेर

शिव हल्ला चलेछ ।।

म पनि आउछु कृष्णजी दर्शन पाउनलाई।

मलाई पनि बनाइदिनु कृष्णजी गीत गाउनलाई। Continue reading “शिव हल्ला चलेछ”

सदाशिव जाने अाशामा

By Nawaraj Shrestha

ब्रह्मज्ञान बाहिर आउने बेला भएको छ

शिवजीलाई पाइन्छ भन्ने हल्ला चलेको छ।।

मामाजीकाे मिहेनतले अब ल्याउंछ रगं

तेही रंगमा हाम्री माइजु हुनेछिन है दङ्ग।।

 हजुरको पछि शिवजी लागेको छु है म पनि 

तेस्रो नेत्र मेरो पनि खोली दिनुहुन्छ की भनी।। Continue reading “सदाशिव जाने अाशामा”

झटारो

By Binod Shrestha

हानेको थिएँ मैले हिजो फेसबुक मैसेंजरमा झटारो।

बनाए होलान् कसैले मुख नै अध्यारो।।

कतिले मनमा लिए होला कतिले उडाए।

बिहान केही राम्रा पोस्टहरु हेर्न पाऊदा मनमनै रमाए।। Continue reading “झटारो”

नवराज दाइको देख्दा, आयो मलाई पनि साहस

By Ramesh Sharma

सदाशिव पुग्छु भनेर, सबैले त भन्छन्

मेहनत गर्न भने, सधैं पछि सर्छन् |

पढेको कुरा व्यवहारमा उतार्ने गर

सधैंभरि शिवजीलाई रिझाउने गर | Continue reading “नवराज दाइको देख्दा, आयो मलाई पनि साहस”

सुरुमा त म छक्क नै परें

By Binod Shrestha

कविता पढ्दै जाँदा लाग्यो मनमा मलाई रमाइलो।
सोचे के कारणले लेख्न लागे, बनाई दियो दिन घमाइलो।।

लाग्यो यो कविता लेख्ने मान्छे पुग्ने छ सदाशिव।
यस्तो लेख्दै गर्यो भने पुगिन्छ शिवजीको करिब।। Continue reading “सुरुमा त म छक्क नै परें”

“कैलाशको यात्रा शिवजीसँग”

By Sushila Shrestha

कैलाश कस्तो छ भनेकी थियौ |

त्यहाँ पुग्ने लक्ष्य पनि राखेकी  थियौ ||

पुगेर छाड्छु भनेर कसम खाएकी थियौ |

कैलाश हेरेर आउंछु भनेकी थियौ || Continue reading ““कैलाशको यात्रा शिवजीसँग””

शिवजी कहाँ हुनुहुन्छ भनिदिनुस

By Sushila Shrestha

शिवजी तपाइँ कहाँ हुनुहुन्छ भन्दिनुस |

म त जताततै छु नि सुस यहि भन्दिनुस ||

हो र शिवजी विश्वास सबैले गर्दैन |

त्यसैले त मलाई सबैले देख्दैन || Continue reading “शिवजी कहाँ हुनुहुन्छ भनिदिनुस”

ब्रह्मज्ञान

By Nawaraj Shrestha

ब्रह्मज्ञान भनेको के हो याे सुन

शिवजीको त्यो ज्ञान हो जुन।।

सृष्टि,जीवन र मृत्युको हो ज्ञान

ब्रह्मज्ञान भनेको येही तिमी जान।। Continue reading “ब्रह्मज्ञान”