नवराज दाइको देख्दा, आयो मलाई पनि साहस

By Ramesh Sharma

सदाशिव पुग्छु भनेर, सबैले त भन्छन्

मेहनत गर्न भने, सधैं पछि सर्छन् |

पढेको कुरा व्यवहारमा उतार्ने गर

सधैंभरि शिवजीलाई रिझाउने गर |

रिस र घमण्डलाई, जरा देखिनै काटीदेउ

घर, सम्पत्तिको मोहलाई, अब तिमी मेटिदेउ |

यी कुरा नमान्दा, बिग्रिरहेको छ सबैको मती

सपार्छु भन्दा, झन् तल बढीरहेको छ गति |

कविता लेख्ने, आजको यो मेरो सानो प्रयास

नवराज दाइको देख्दा, आयो मलाई पनि साहस |

इर्स्याले होइन, रहरले पलायो यो मनमा आश

शिवजीको कविता लेख्न पाउँ, रहुन्जेल यो सास |

सर्वगुणी शिवजीको, यो कस्तो लिला

के गर्ने, के नगर्ने, यो कसले भनिदेला |

सोचीरहेको छु, ती शिव कस्ता हुन्

हुन त, सृष्टीकर्ता र संहारकर्ता तिनै त हुन् |


के यो कविता तपाइलाई मनपर्यो ? यस्तै अरु कविता पढ्नका लागि तलको लिंकमा गएर आफ्नो नाम दर्ता गर्नुहोस् र यस वेबसाईटको सदस्यता लिनुहोस् |

दर्ता गर्न र सदस्यताको लागि

Leave a Reply