झटारो

By Binod Shrestha

हानेको थिएँ मैले हिजो फेसबुक मैसेंजरमा झटारो।

बनाए होलान् कसैले मुख नै अध्यारो।।

कतिले मनमा लिए होला कतिले उडाए।

बिहान केही राम्रा पोस्टहरु हेर्न पाऊदा मनमनै रमाए।।

कविता नै आएन भन्नेहरुले पनि गरें है पोस्ट।

यसै गरी लाज नमानी गर है दोस्त।।

ब्रह्मको अनुभव नै नगरी सदाशिव पो जाला।

कसरी बदलियो एक्कासि चालामाला।।

शिवजीको महिमा बुझ्न छ है गाह्रो।

ब्रह्मज्ञान नबुझे बन्छ जीवन साह्रो।।

जन्मास्टमी पनि नजिकै आयो।

ब्रह्म, सदाशिव जाने पनि भयो।।

एक हप्ता गर है मज्जाले मेहनत।

मेहनत पुग्यो भने जाने छौ जन्नत।।

यो कुरा बुझनेलाई इशारा नै छ है काफी।

केही गल्ती भएमा माग्दछु म यहाँ माफी।।

बेला भएको छ देखाउने आफ्नो ज्ञान।

शिवजीले भन्नु भएको हरेक कुरा मान।।

अहिले नगरे कहिले गर्ने हो।

अब नगरे ढीला पक्कै हुने भो।।

तौल घटाउने भन्दा भन्दै कसैको जीवन नै बित्ने भो।

बिदेश के मोटोपन देखाउन जाने हो।।

हुन्छ भन्दै बित्ने भो कसैको जीवन।

पालना गरेर त एकचोटी हेरन।।

हासेर नै पुगे सदाशिव कोही।

राम्रा राम्रा पोस्ट गर्न थालेछन् आजभोली।।

हेर्दा हेर्दै घर पनि किन्नु भयो।

सदाशिव भने कहिले जाने हो।।

आउन थालेछन् है कसैलाई बल्ल कविता।

आँखा नखोली पोस्ट गर्दिन भनेर देखायौ रमिता।।

जितेर देखाऊ आफ्नो प्रेतहरुलाई।

पास भई हुने छ तिम्रो भलाई।।

सदाशिव जाने भनि गम्भीर पो भयेऊ।

अब बल्ल कुरा बुझ्न थालेऊ।।

कोही अझै पनि अल्झे छन् है परिवारमा।

सदाशिव पुगेर पनि उतार्न सकेनन् व्यवहारमा।।

कसैलाई जति भने पनि नलाग्ने।

घरबाटै कमाउन मिल्छ भन्दा उल्टो हरेश खाने।।

कोही भने भनेको सबै मान्छन्।

कम्प्यूटर क्लासमा भने अझै आउदैनन्।।

कोही भने सुध्रेको जस्तो नमस्ते गर्छन्।

नयाँ पोस्ट गर भन्दा पुरानो पो गर्छन्।।

बस्दछु है म सिडनीमा।

बित्ने भो जुनि प्रेतहरुसँग लढ्दैमा।।

आएछन् है मलाई कति धेरै कविता।

पोस्ट नगर्नेहरुको अग्रपंक्तिमा छन् है अनिता र अमिता।।

गर्नुहोस् है मलाई मन खोलेर टन्न गाली।

भगाईदिनुस् मेरो प्रेत, बजाउने छु म ताली।।

भद्रकाली जाऊ है आज छ है परिक्षा।

भरेभोली थाहा हुनेछ आजको नतिजा।।

बदलिदै छ रंग, बढ्दै छ जोश।

सबैको दिन शुभसँग बितोस्।।

Leave a Reply