सुरुमा त म छक्क नै परें

By Binod Shrestha

कविता पढ्दै जाँदा लाग्यो मनमा मलाई रमाइलो।
सोचे के कारणले लेख्न लागे, बनाई दियो दिन घमाइलो।।

लाग्यो यो कविता लेख्ने मान्छे पुग्ने छ सदाशिव।
यस्तो लेख्दै गर्यो भने पुगिन्छ शिवजीको करिब।।

जति पढ्दै गए, त्यति खुसी लाग्यो।
उठ्दा निन्द्रा नपुगे पनि निन्द्रा मेरो भाग्यो।।

जब पढ़े मैले अन्तिममा कविको नाम।
बिर्सिए मैले जानु पर्ने थियो गर्न काम।।

कमेन्ट गरु भनि लेख्न लागे तर लाग्यो मलाई डर।
निरुत्साहित हुने हो कि भनि सरे म पर।।

समय आए पछि ढुङ्गा पनि बोल्दो रहेछ।
ट्वॉल्ल परी म सोचे आज घाम कताबाट उदाएछ।।

कविता आएकोमा दिन चाहन्छु म धेरै धेरै बधाई।
हार कहिल्यै नमान्नु भन्न चाहन्छु सबैलाई।।

अब त पालो केटाहरुको पनि आयो।
मनमा एक किसिमको खुसी छायो।।

चाहन्छु म त सबैले ब्रह्म र सदाशिवको अनुभव गरुन्।
यस्तो अनुभव नगरी कोही पनि नमरुन्।।

अनुभव नगरी मरियो भने मलाई भन्न आउने हैन।
आईहाल्यो भने पनि मैले बाल दिने छैन।।

अब त केताहरु पनि बस्न थाले सदाशिव जाने लाइन।
एक जना भनेको त अरूले पनि देखाउन थाले साइन।।

Leave a Reply