“कैलाशको यात्रा शिवजीसँग”

By Sushila Shrestha

कैलाश कस्तो छ भनेकी थियौ |

त्यहाँ पुग्ने लक्ष्य पनि राखेकी  थियौ ||

पुगेर छाड्छु भनेर कसम खाएकी थियौ |

कैलाश हेरेर आउंछु भनेकी थियौ ||

यस्तो ढिपी गर्नेलाई मैले लगें |

यात्रा लामो थियो तर पनि पुगें ||

सम्झन्छु आज पनि त्यस्तो दिन |

भुल्दिन भन्छ यो त कुनै पनि दिन ||

कैलाशको त्यो रमाईलो झुपडी |

हेरेर दङ्ग पर्दै मारी थपडी ||

खाना त मैले पकाई दिएँ उसलाई |

मिठो मानी खाई सबै मुख रसाई ||

घिरौंला र आलुको तरकारी |

मेरै बारीको हो त्यो भुल्ने कसरी ||

गुन्द्रुक र भट्ट साधेंको अचार |

देख्ने बितिक्कै राखेकी थियौ बिचार ||

यस्तो अनुभव तिमीले गरेकी थियौ |

अब साँची राख सधैं नफाल व्यर्थै ||

भन्ने बेला भएको छ अब अहिले |

भन्देउ नबिर्सी सबै कुरा पहिले ||

मेरो कोठाको सृंगार गरेर |

पास भयौ सबै काम सकेर ||

घरको पाली मेरो फेरेर |

म त परेको थिएँ दङ्ग तिमीलाई देखेर ||

   ( लेखाईमा गल्ति भएको भए करेक्सन गर्दिनु होला )

Leave a Reply