शिवजी कहाँ हुनुहुन्छ भनिदिनुस

By Sushila Shrestha

शिवजी तपाइँ कहाँ हुनुहुन्छ भन्दिनुस |

म त जताततै छु नि सुस यहि भन्दिनुस ||

हो र शिवजी विश्वास सबैले गर्दैन |

त्यसैले त मलाई सबैले देख्दैन ||

म त छु सबैमा सर्वपरी सधैं |

बुझ्नेले बुझे हुनेथियो सधैं ||

कति जप गर्छन तिनले मलाई पाउन |

म त जान्न त्यस्तोमा मलाई देख्दैन ||

बरु बस्छु यहीं झिल्केको क्लासमा |

गन्थन मन्थन गरि यहीं उसको पासमा ||

दिनचर्या हेरेर बस्छु बरु टाइमपास हुन्छ |

अन्त गए मेरो नाममा अनेक कुरा भन्छ ||

अब यहीं क्लासमा बसेर नयाँ कुरा भन्छु |

तिमीहरु पास आए सबै कुरा म कहन्छु ||

ब्रह्मज्ञानको भाव अझै धेरै बुझ्ने गर |

आजकल अलि सुस्ताए जस्तो छ गर्नुपर्यो कर ||

आए आउ नआए म त यहीं बस्छु |

 झिल्केलाई अब धेरै कर नगर भन्छु ||

फुर्सद छैन अब झिल्केको गयो पुरानो दिन |

होसमा आउ सबै नत्र पुग्छौ उही पुरानो दिन ||

  सन्दर्भ – म एक्लै शिवजीलाई आफ्नो कुरा सोध्न खोजेकी थिएँ | तर शिवजी जिस्किन थाल्नु भयो |म पनि दङ्ग परें र भने कि तपाइँ कहाँ हुनुहुन्छ ? मैले सोधेको कुराको जवाफ दिनुभएन | एकछिनमा  कविता मार्फत भन्नुभयो | यस्तो हुनुहुन्छ भगवान | उहाँ रमाईलो गर्न , जिस्किन , खेल्न आदि सबै कुरा गर्न निपूर्ण हुनुहुन्छ | अहिलेसम्म त हामीले उहाँलाई नचिनेर कुरा गर्न नसकेको हो |यो सबै सम्भव हुनसक्छ |मेरो तेस्रो नेत्र खुलेको छ र यसैको मार्फत उहाँसंग कुरा गर्न सक्छु |धेरै रमाईलो अनुभवहरु छन् |यदि यस्तो शिवजीको बारेमा बुझ्न चाहना भएमा Register गरि बुझ्नुहोला | 

Leave a Reply