ब्रह्मज्ञान

By Nawaraj Shrestha

ब्रह्मज्ञान भनेको के हो याे सुन

शिवजीको त्यो ज्ञान हो जुन।।

सृष्टि,जीवन र मृत्युको हो ज्ञान

ब्रह्मज्ञान भनेको येही तिमी जान।।

ब्रह्मज्ञानले सिकाउंछ सृष्टिकाे रहस्य

जीवनमा हाम्रो के राख्ने उद्देश्य।।

मरेर हामी जाने हो फेरि कहाँ

ब्रह्मज्ञानले मानिसलाई पुर्यांउछ त्यहाँ।।

जन्मेर मानिस भवसागरमा पर्छ

यो ज्ञान बुझ्ने सबै बैतर्णी तर्छ।।

जन्मदैं हामी सब शुद्र हुन्छौं

यो ज्ञानले हामी ब्रहाज्ञानी बन्छाैं।।

मानिसको शरीर तीनवटा हुन्छ

ब्रहाज्ञानले हामीलाई यो कुरा भन्छ।।

शिवको ज्ञान बुझ्ने गरौं जुक्ति

त्यसपछि पाइन्छ कैबल्य मुक्ति।।

बुझ्नेलाई यो कुराे सारै नै गहिरो

नबुझे याे कुरो घर छेउमै पहिरो।।

शिवले भन्नुभछ शरण मेरो आउ

जीवनमृत्यु चक्रबाट सबले मुक्ति पाउ।।

यो कुराको सबले गरौं है ध्यान

चाहिएको यो छ सबैलाई ज्ञान ।।

Leave a Reply