मेराे ब्रह्मको अनुभव

By Nirmala Hamal

घुम्नलाई घुमियो, गईयो धेरै ठाउँ

सबैभन्दा राम्रो त, हाम्रै ब्रह्म गाउँ |

आहा कति रमाईलो छ, ब्रह्म भन्ने ठाउँ

स्वच्छ, शान्त, आनन्दले भरिएको गाउँ |

कति गाह्रो पुग्नलाई, ब्रह्म भन्ने ठाउँ

ब्रह्म भन्ने कस्तो रैछ, हेर्न सबै जाउँ |

पुग्नलाई गाह्रो भाथ्यो, बाटो थियो टाढो

शिवजीको साथ पाउँदा, भुली दिए गाह्राे |

मन त थियो सधैभरी, ब्रह्ममा नै बस्नलाई

दु:ख, पिडा भुलिदेउ, सदाशिव पुग्नलाई |

शिवजीको साथ पाउँदा, यो मन थियो खुशी

शिवजीको साथ पाएँ, हुन्न कैले दुखी |

मिति २०७३/३/४ गतेको अनुभव

Leave a Reply