मेरो उपचार !!!!

By Sushma Dhakal

यहाँहरु सबैलाई हार्दिक नमस्कार !!!

          म एउटी बिरामी व्यक्ति हुँ । बिरामीबाट मुक्त हुनाका लागि विभिन्न घरेलु, मेडिकल तथा अन्य प्रकारका उपचार गर्दा पनि मेरो रोग निको हुन सकेन । मैले दिनमा तीन पटक गरेर १४ वटा क्याप्सुल खाने गर्दथें । उपचारका हरसम्भव उपाय अपनाईयो | डाक्टरको उपचारले निको नभएकाले, लामा धामीबाट पनि उपचार गर्ने काम भयो तर पनि मेरो रोगको कुनै टुंगो लागेन । हरेक प्रयास असफल हुंदा डाक्टर, वैद्य तथा लामा झाक्री सबैबाट विश्वास हट्न पुग्यो । यस अवस्थामा एकदिन यतिकै बसेको बेलामा एक दिन जीवनको अन्तिम उपचार गर्छु जस्तो लाग्यो । मेरो सानो परिवार थियो, परिवारका लागि बांच्न मन लाग्यो । घर परिवारमा अन्योल थियो । तर पनि म मान्छे नै परें, बाच्ने आशा पलायो र मैले डाक्टर कमल सरसंग उपचार गर्छु भनेर गएँ ।

 मलाई उहाँले एउटा अभिभावकको जस्तै गरेर मेरो समस्यालाई नजिकबाट गहन अध्ययन गर्नुभयो र हरेक दुखाईको आफ्नो अध्ययन मार्फत उपचार गर्न सुरु गर्नु भयो । उपचर गर्ने  क्रममा उहाँले मेरो रोगको गहिराइमा पुग्ने प्रयत्न गर्नुभयो | अन्त्यमा रोगको जडमा पुगेर के कारणले मलाई यस्तो रोग लागेको हो ? त्यो पत्ता लगाई मलाई बुझाईदिनुभयो, साथै रोगबाट कसरी मुक्त हुन तथा छुटकारा पाउन सकिन्छ त्यसको उपाय समेत बताईदिनुभयो ।

      त्यसका साथै मलाई मानव जीवनको यात्रा गर्दा हामी सम्पुर्ण मानव जगतले जान्नुपर्ने अति  आवश्यक कुराहरु जस्तै: “सृष्टि के हो ? मानव जीवन के हो ? मनिसको मृत्यु के हो ? मृत्युपछिको जीवन कस्तो हुन्छ ? मनिसले जिउँदो हुँदा के गर्दा राम्रो हुन्छ ? के गर्दा नराम्रो हुन्छ ? ब्रह्मज्ञान भनेको के हो ?” आदि इत्यादि कुराको बारेमा उहाँले सिकाउनुभयो । सिक्ने र सिकाउने क्रममा मैले अर्को महत्वपुर्ण कुरा के पनि थाहा पाएँ भने हरेक मानिसमा तेस्रो नेत्र हुंदो रहेछ । त्यो तेस्रो नेत्र मानिसहरुले चाहेको खण्डमा खोल्न मिल्ने रहेछ र कसैको आफुले थाहा नपाई आंफै खुल्दो रहेछ, जुन अस्वस्थ भएर बस्ने रहेछ । त्यसलाई स्वस्थ बनाउन सकिंदो रहेछ । त्यस तेस्रो नेत्र मार्फत्  हामीले ब्रह्मज्ञान भएका भगवानसँग कुरा गर्न सकिँदो रहेछ । जुन कुरा मलाई ब्रह्मज्ञान सिक्ने र बुझ्ने क्रममा आफ्नो अनुभवले प्रष्ट भएको छ । साथै म जस्तै धेरै प्रकारका बिरामीहरुको अनुभव र बुझाईले मलाई थप ऊर्जा दिएको छ । हाल म पूर्ण  रूपमा स्वस्थ भएकी छु  र खुशी  पनि छु ।

              हामीहरुले मानव जीवन जिउने क्रममा जानेर अथवा नजानेर नै अन्धाधुन्द भगवानको  आरधना गर्दा रहेछौं | सतही विश्वास अनि आस्थाको पछि लाग्दा हामीलाई भगवानको यथार्थ स्वरूप थाहा नहुँदा, भ्रमकै मारमा परेर अनेक दुविधा र तनाव भोग्न विवश हुँदा रहेछौं जुन मैले पनि भोगें | त्यति मात्र नभई यही अन्धविश्वासमा परेर कतिपय ढोँगी धर्मभिरु भनाउँदाहरुको व्यवसायको सिकार पनि हुँदा रहेछौं, यो पनि मेरो अनुभव हो | यो वास्तविक यथार्थ जान्न त्यति सजिलो पनि छैन र असम्भव पनि छैन | म यही यथार्थ सत्यलाई यस लेखमा प्रष्ट पार्ने प्रयत्न गर्दै छु |

क्रमशः


धन्यवाद !!!

Leave a Reply