शिवजीसंग कुराकानी

By Ratna Baral

रत्न : कसरी आयौ नी शिव, अज्ञानीलाई ब्रह्मज्ञान दिनलाई ।

ब्रह्मज्ञान सिक्दै छु शिव, हजुर हिड्ने बाटोमा हिड्नलाई ।।

ब्रह्मज्ञान सिक्दै छु शिव, सकेकी छैन हजुरको रुप देख्नलाई ।

ब्रह्मज्ञान सिक्दै छु शिव, मरेपछी भवसागर तर्नलाई ।। Continue reading “शिवजीसंग कुराकानी”

हनुमानजीले गराइ दिनुभएको अनुभव 

By Pratik Shrestha

मैले अस्ति भद्रकाली मन्दिरमा हनुमान चालिसा पढ्दै थिए पढ्दा पढ्दा भगवान् राम र सीता सिङ्हासनमा बसि राख्नु भएको देखे र विभिषणले हनुमानजीलाई भन्नूभयो कि तपाईं कत्तिको भक्त हुनुहुन्छ भगवान् राम र सीताको भनेर विभिषणले हनुमानजीलाई भन्नूभयो र हनुमानजी ले आफ्नो छाती चिरेर छाती भित्र भगवान् राम र सीता देखाउनु भयो । त्यस पछी मैले हनुमानजी को छातीमा हेर्दा छातीबाट रगत झरिराखेको देखेको थिए र त्यति बेला मलाई आफू पनि पनि त्यहि समहारोमा भएको अनुभव गरे । मैले हनुमानजी लाई सोधे कि किन देखाउनु भयो यो मलाई भनेर प्रस्न गर्दा हनुमानजीले मलाई तिमिहरुले यसरी नै ब्रह्मग्यान प्रती यस्तै भक्ती र भाव हुनुपर्छ भन्नूभयो ।

              अजा र अजिलाई धेरै धेरै धन्येवाद मलाई याहा सम्म डाेहोराइदिनु भएकोमा र सम्पुर्ण ब्रह्मग्यानी भगवानहरुलाई धेरै धेरै धन्येवाद र मेरो कोटि कोटि ढाेग छ ।।।।

मन्दिर जादा को अनुभबहरु

By Gobinda Tiwari

२०७३/९/१५गते बिहान११बजेकोथियो|धेरै दिन पहिला बाट म मन्दिर गएको थिएन|माताले छोरी सजना मार्फत मन्दिर आऊ भनी खबर पठाउनु भएको थियो|पुष  पन्ध्रको दिन पसलमा व्यापारको भिड लागिरहेको थियो|त्यसै बेला विन्ध्यवासिनी माता ले बोलाउनु भयो म आउछु माता भने र लगतै घरबाट हिडे मन्दिर को तल सिडीमा पुग्ने बितीकै माथिबाट माता ले माथि आऊ भनूभयो|सुरुमा हनुमानजी भगवानको दर्शन गरे |मलाई माया मानेर गधाले टाउको मा हान्नुभयो |मैले गल्ति गरे मलाई माफ दिनुहोस भने | Continue reading “मन्दिर जादा को अनुभबहरु”

म के को लागि आएको र के पाएँ मैले

By Jaya Shrestha

२०७०/०२/१० गते को दिन म मामा डा. कमल मान श्रेष्ठको मा उपचारको लागि कृष्ण भाउजू मार्फत गएको थिए।  म थाइराइट को बिमारी थिए । थाइराइट को उपचार गर्दा जीवन भरी औषधी खानुपर्छ भनेर डा. ले भनेकाथिए । हाल मैले डा.कमल मान संग उपचार गरेपछि मैले औषधि खान छाडिदिए । म उठ्न नसक्ने हिंड्न नसक्ने हिडेपछी १५ मिनेट रेस्ट गरेपछी मात्र बोल्ने थिए। म बत्ती निभाएर नाच्ने आधा रातमा रातिको १२ बजेको समयमा बाटोमा चिच्यार हिडन मन लाग्ने मर्न मन लाग्ने हुन्थियो। मलाई अफिसमा साथिभाईहरुले र अरुले पनि हेप्ने गर्थें । मलाई थाहा थिएन मामाको मा मेरो उपचार हुन्छ भनेर तर पनि म अरु ठाउँमा जस्तै मन शान्त को लागि हो जाने भनेर सोच्थिए तर म त्यहाँ गएको ३,४ दिनमा नै अलि फरक पाए मेरो शरीर अलि हल्का हुन लाग्यो मन खुशी हुन लाग्यो जब कि मलाई हाँस्न मन लाग्दैन थियो।रिस उठ्थियो अरु संग बोल्न मन लाग्दैन थियो कतै पार्टीहरुमा पनि जान मन लग्दैन थियो। म यहाँ आएर यो सबै समस्याको उपचार पाए मेरो थाइराईट को उपचार भयो। मैले थाइराईटको औषधी खान छोडे। Continue reading “म के को लागि आएको र के पाएँ मैले”

कबिताले फकाए शिवजीलाई…..

By Bal Kumari

कता कता कसैले झुकाउने पो होकी|
तेरो शिब मैहू भन्दै अँन्गाल्दीने होकी ।।
पापी अनी स्वार्थी संसार यसैगरी चल्छ|
यही भएर शिवजी लाई चीन्न पक्कै पर्छ ।। Continue reading “कबिताले फकाए शिवजीलाई…..”

शिबजी लाई रिजाउदा।।

By Sushma Pun      (हाल स्वर्गिय)

शिबजी कति लुकिछिपी हिड्छौ,कहाँ कहाँ खोज्छु तिमीलाई न त आवाज दिन्छौ।।

तिमीलाई खुशी पार्न जानेना कि मैले,तिमीले यो सृष्टि चिनाई दे र कविता लेख्ने भाछु अहिले।।

तिमीलाई भेत्न कैलास पनि जान्छु,एक छिन पनि आएनाउ भने मत आतिन्छु।।

शिबजी सङ गीत गाउँदा।।।

By Sushma Pun               (हाल स्वर्गिय)

सुष्माः शिबजी आज भोलि कता हो हराको,के गल्ती गरेँ र किन हो रिसाको।

शिवजीः म आज भोलि धेरै नै बिजि भएको,आउछु अगाडि खै तिमीले देखेको।।

सुष्माः  अाँखा चिम्ली दुई हात जोडी पुकार छु,शिबजी शिबजी भन्दै कति पो बोलाउ छु।।

शिवजीः ध्यान केन्द्रित म तिर गरन,मनै बात फोहोर चिज फाली शिबजी भनन।। Continue reading “शिबजी सङ गीत गाउँदा।।।”

सदाशिवकि जय हो जय हो।।

By Sushma Pun             (हाल स्वर्गिय)

शिवजी जब तिमीलाई भेटे दाेहोरो कुरा गरेँ,त्यो दिन बाट तिम्रै भर परेँ।

साथ दिएउ हात पनि दिएउ,अल्छी अटेरी थिएँ तैपनी तिम्रो साथमा लिएउ।।

जन्मे पछि मरिन्छ सबैलाई थाहा छ,

अझै मृत्यु चिनेर देखेर मर्नु पूरा मृत्यु रहेछ।

देखेँ मृत्यु  बुझेँ यी जीवन का पानाहरु,

यसरी नै हजुर को साथ पाउँ शिवजी बिताउँ जिन्दगानी हरु।।।

शिबजी कैलास।।।।

By Sushma Pun                   ( हाल स्वर्गिय)

शिबजी संग भेती म कैलास पनि गए,कता आए भनी एक छिन अचम्म मा परे।।

कैलास बातो सफा सेतो सान्त थियोे,बाटो माथी हरिया काक्रो फल लटरम्म थियो।।

सानो सानो झुपडी बासको पर्खाल खरले छाएको,शिबजीले भात तरकारी पकाई खान दिएको।।

झुपडी को वरिपरि रंगीचंगी फुल फुलेको,शिबजी ले पाईप बात पानी हालेको।। Continue reading “शिबजी कैलास।।।।”

आजको अनुभव

By Sushila Shrestha

दिउसो एकदमै मन आत्तिएको थियो र कृष्णलाई फोन गरे र दुवै जना बिन्धबासीनी मन्दिरमा गयौँ |त्यहाँ अरु ब्रह्मज्ञानी साथिहरुसंग पनि भेट भयो |सबैजनाले दर्शन गर्यौ |मातासङ्ग कुरा गरे पछि मन शान्त भयो |आफुलाई भएको कस्ट पनि मातालाई व्यक्त गरे पछि कम भयो र घर फर्कियौँ | त्यसैले साथीहरुलाई पनि गाह्रो भएको वा धेरै कस्ट भएको बेलामा मन्दिर जाने गर्नुस् माताले भन्नु भएको |

धन्यवाद |