दशै तिहार २०७४

सिमामा बसेर, सभ्य भएर, अादर सत्कार सहित, शाेषण रहित, परिवारमा सबैकाे सहभागिता भएर र सबैलाइ बराबर रमाइलाे हुने गरेर, ब्रह्मज्ञानी देवीदेवताहरूकाे साक्षी राखेर चाढ पर्वहरू मनाउनु पदर्छ । समय अनुसार परिवर्तित हुनुपर्दछ । रमाइलाे गर्न, नाच गान गर्न सबै ब्रह्मज्ञानीहरूलाइ उत्साहित गरेकाे हुँ । गलत अर्थ नलगाउनु तर जीवनकाे रस पुर्ण रूपमा लिन जानेकाे हुनु पर्छ । दशै तिहारकाे खुसियाली सबैसँग सहभागी हुँदै अगाडि बढ्न अवसर प्राप्त गरेकाेमा हामी मामा माइजू अति खुसि छाैँ । सबैलाइ धेरै धेरै धन्यवाद ।

तिमीहरुकै भर परेको

By Kana

तिमीहरुलाइ सिकाउन  पोष्टहरु गरेको ।
तिमीहरुलाइ तताउन सँधै कमेन्ट गरेको ।
तिमीहरुको पोष्ट र कमेन्टहरु पनि निकै मन परेको ।
मन पर्दा पर्दै झण्डै तल झरेको ।
अाजकाल त तिमीहरु पनि सिपालुझै गरेको ।
त्यसैलै मैले पनि अाजकाल अाफ्नो काम धेरै गरेको ।
नयाँ पोष्टहरु लेख्न पनि अब तिमीहरुकै भर परेको ।

मेरो विचारमा शिवजीको साथ

By Roshim Gurung

ग्राहक बिनाको बजार, शिव बिनाको आधार,

अधुरो अनि अपुरो छ, शिव बिनाको रहर,

के आखाँ जुधाई भो र, शिव बिनाको नजर,

शुन्य लाग्छ यो जगत, शिव बिनाको यो शहर ,

र त चल्दै छ पनि, हजुर बिनाको हरेक प्रहर ||

ब्रह्मज्ञान

By Kana

ब्रह्म ज्ञान सिक्नु अति कठिन रहेछ ।

यो दुख्खको सागर हो ।।

ब्रह्मज्ञान बुझे पछि अति आनन्द आउदो रहेछ ।

यो सुखको महासागर हो ।।

ब्रह्मज्ञान नजाने मानिस अति भ्रम र झुटमा भुल्दो रहेछ ।

यो त झन भवसागर हो ।।

हुन हुन लाग्यो

By KM Shrestha

तिमीहरुले लेखेका लेख र कविताहरु ।

तिमीहरुले पढेका र बुझाएका पाठहरु ।

तिमीहरुले धाउने र पढ्ने क्लासहरु ।

तिमीहरुका बिद्यार्थी र गुरुहरु । Continue reading “हुन हुन लाग्यो”

सजनाको कविता पछि

By Kmshrestha

सजनाको कविता 
सजनालाई कविता दिनु भएछ शिवजीले । करिब एक हप्ता अगाडी तिरको कुरो हो । अब किताब र म public मा आउने बेला झन नजिक आयो । त्यसपछिका दिनहरु अवस्य फरक हुनेछन् । शिवजीसंग केहि सल्लाह गरेको थिएँ ।
सजनाको कवितामा ति कुराहरु उल्लेख थिए ।
मेरो कविता comments मा Continue reading “सजनाको कविता पछि”

अापदकालिन क्लास

कहिले कहिले अापदकालिन क्लास लिनु पर्ने अवस्था अाउथ्याे । त्यसैलेः

आपदकालिन स्थिति

आपदकालीन क्लास ।

आउदो रहेछ जीवनमा

हुरी र बतास ।।

भेट हुँदैन की ?

By Sushma Pun  (हाल स्वर्गिय)

अब हाम्रो भेट डाक्टर कमल (मामा) संग छोटो छोटो हुँदै जाँदै छ ।
नजिकको दुरी टाढा टाढा बन्दै जाँदै छ ।।
आफ्नो आफ्नो काममा हामी लाग्ने छौं मामाले देखाएको बाटो छ ।
समाती आफ्नो काम हाशिल गरी नयाँ सस्कार आउनेछ ।।

सन्तानलाई जसरी पालन पोसन गरी  हामीलाई हुर्काएको ।
अब हातखुट्टा बलियो जवान बनाएको ।।
यस्तो दिन पनि आउँछ होला मामा कता कहाँ हराएको ।
एक छिन देख्न पाए पनि हुन्थ्यो भनी यो मन छटपटाएको ।।

शिबजी लाई रिजाउदा।।

By Sushma Pun      (हाल स्वर्गिय)

शिबजी कति लुकिछिपी हिड्छौ,कहाँ कहाँ खोज्छु तिमीलाई न त आवाज दिन्छौ।।

तिमीलाई खुशी पार्न जानेना कि मैले,तिमीले यो सृष्टि चिनाई दे र कविता लेख्ने भाछु अहिले।।

तिमीलाई भेत्न कैलास पनि जान्छु,एक छिन पनि आएनाउ भने मत आतिन्छु।।