शिवजीसंग कुराकानी

By Ratna Baral

रत्न : कसरी आयौ नी शिव, अज्ञानीलाई ब्रह्मज्ञान दिनलाई ।

ब्रह्मज्ञान सिक्दै छु शिव, हजुर हिड्ने बाटोमा हिड्नलाई ।।

ब्रह्मज्ञान सिक्दै छु शिव, सकेकी छैन हजुरको रुप देख्नलाई ।

ब्रह्मज्ञान सिक्दै छु शिव, मरेपछी भवसागर तर्नलाई ।।

शिवजी : रत्ना तिमीले मन धेरै दुखाउँछौ, उज्यालो खोज्दा अध्यारो पाउँछौ ।

जति कुरा बुझाए पनि, अखिरमा पुरानै कुरा ल्याउछोऊ।।

हात मैले दिएको छु दिन त, सकेकी छैनौ तिमीले मलाई चिन्न त ।।

ब्रह्मज्ञानको बाटो हिडीछ्यौ हिड्न त, सकेकी छैनौ मलाई पाउन त ।

Leave a Reply