सदाशिव जाने ईच्छा

By Jaya Shrestha

जयाः

कृष्णजी को मुरली बज्यो बृन्दा बनैमा ।
ग्वालीनी को मनैमा कृष्णजी को बनैमा ।।
अाऊ नाचौ ब्रम्हज्ञानी ब्रम्हको गीतैमा ।
नाच्दै नाच्दै सदाशिव पुग्ने मनैमा ।।
सदाशिव पुग्ने मन रहर मात्रै भयो नि ।
जान्छु जान्छु भन्दा भन्दै मनै भित्र रहयो नि ।।
शिव जी त बिजी रहेछ कुदैर्कुर्दै बसे नी ।।
आउला आउला भन्दा भन्दै कैलाश तिर लाग्यो नि ।।
कैलाश तिर लागेसी मलाई बिर्सिसक्यो नि ।
पक्कै आउँछ भन्दाभन्दै कुर्दै बसे नि ।।
सदाशिव लानु हुन्छ मेरो आश जाग्यो नि ।
यो पाली त मलाई लानु हुन्छ नि ।।

शिवजीः
लान्छु लान्छु तिमीलाई नआत्ति बस है ।
सदाशिव जाने तिमी भर गर है ।।
सदाशिव लैजाने तिमीलाई भनेछु ।
तिम्रो पालो आउँछ एक दिन सोचेर बसेछु ।।

जयाः
कहिले आउँछ पालो मेरो म आत्ति सकेनी ।
सदाशिव लैजाने भर मैले गरेनी ।
अब पक्कै लैजन्छुतिमीलाई लैजन्छु ।
तिमीलाई सदाशिव पक्कै लैजन्छु ।।

धन्यवाद ।। click here

Leave a Reply