शिवजीले दिनु भएको कविता

By Bishnu Tiwari

शिवजीले दिनु भएको कविता – २०७३ /३ /९

ब्रम्हज्ञान भनेको नै, जिवन मृत्यु चिन्नु रैछ
ब्रम्ह ज्ञानी शिवको साथ लागी हिड्नु रैछ

जिबन मृतु पार लाग्छ शिवजीको साथ मागे
दिन्छन् साथ शिव चिनी उनकै साथ लाग्न जाने

जसले कुरा गर्न जाने उसले शिव पाउने रैछ
उनै शिब पाए पछी जिबन पार लाग्ने रैछ

उनै शिब पाउनलाई ब्रम्ह ज्ञानै चहैदो रैछ
ब्रम्ह ज्ञान बुझे पछी बल्ल शिब पाउने रैछ

उनै शिब पाउनलाई तेस्रो नेत्र ब्रम्ह ज्ञान चाहीदो रैछ
यिनै सादन भय मात्र हामीले शिब पाइने रैछ

रिस राग तृष्णा छोड्न ब्रम्ह ज्ञानले सिकाउछ
यिनै कुरा छोड्न सक्य सफल जीवन टिकाउछ

अन्जानका जप तप पूजा पाठ छोड सक्य
ब्रम्ह ज्ञानी शिव पाउन ब्रम्ह ज्ञानमा लागी सक्य

उनै शिव पाउनलाई उनकै नाम सम्झी राछु
कहिले पाउने कहिले देख्नने भनेर म तड्पी राछु

उनलाई देख्नन भेट्न पाए मनको इच्छा पुरा हुन्थ्यो

ब्रम्ह ज्ञानमा लाग्यको नि मेरो चाहा पुरा हुन्थो

यो जिबनमा ब्रम्ह अनि शदाशिब जाने बाटो छैनचिन्नु रैछ
मृतु पछि शिबजीको हात समाई हिड्न रैछ

जुन फलको स्वाद के थाहा जसले फल चाख्या छैन
तेस्तै फल हो ब्रम्ह ज्ञान पनि बास्तबमा नसुन्नेलाई

ब्रम्ह ज्ञान तेस्तो मिठो फल रैछ खाए पछी थाहा भयो
जाति खायो खाऊ खाऊ लाग्ने यही ब्रम्ह ज्ञान पो रहीछ अहीले थाहा भयो

Leave a Reply