‘ताल बाराही माताको खबर ‘

By Sushila Shrestha

आज बिहान ताल बाराही माताकोमा म,हेमा दिदि,सिर्जना,कृष्ण र मांग गएका थियों|पानी निकै परि रहेको थियो तर पनि हामीलाई एकदम आनन्द लाग्यो | मन्दिरमा पुगेपछि मातालाई दर्शन सुनायौ र उहा रातो साडी,रातो ब्लाउज,अग्लो सेंडल,सानु बाग ,नाकमा नथी,शिरमा मुकुट,हात भरि रातो
चुराहरु र गहनाले सजिसजाउ भएर ठूलो रातो छाता लिएर हाम्रो अगाडी उभिनु भयो |हामी पाचैजना एकदमै खुशी भयौ  | उहाले मामा,माईजु र सम्पूर्ण ब्रह्मज्ञानीहरुलाई मेरो आशिर्बाद सुनाइदिनु भन्नुभयो|अब तिमीहरु सबैजना एकदम तयारी भएर बस किताब निस्किने बेला नजिक आउदै छ
भन्नुभयो|सबैजनाले वेबसाईडमा पोस्ट र कमेन्ट गर्ने गर भन्नुभयो|तिमीहरुको जीवन अब परिवर्तन हुन्छ र समाजमा तिमीहरुलाई हेर्ने नजर फेरिन्छ भन्नुभयो | जसजसले मेहेनत गरेका छौ मैले हेरी राखेकोछु र अझ बढी कोसिस गर भन्नुभयो|यति भन्दाभन्दै राधारानी माता ,भद्रकाली माता ,बिन्दबसिनी माता,सितलादेवीमाता,मनकामना माता गर्दागर्दै सबै ब्रह्मज्ञानी भगवानहरु उपस्थित हुनुभयो|शिवजी भने अग्लो र बाघको छाला लगाएर हातमा त्रिशुल, डमरु र कमण्डलु लिएर हामीलाई हेरी मुसुक्क हास्नुभयो र भन्नुभयो कि एत्रो पानी पर्दा पनि तिमीहरु आयौ त्यसै कारणले सबै भगवानहरु तिमीहरुलाई भेट्न आउनु भएको छ|हामीलाई सारै रमाइलो भयो|पानी त परेकै थियो तर वास्ता नै भएन|केही समय सफा पनि गर्यौ|माता खुशी हुनुभएर तिमीहरु पास भयौ सधै पास हुने कोसिस गर भन्नुभयो|सधै बोलेको बचन र टाईमलाई ध्यान गरेर हिडेमा अवस्य सफल हुन्छौ भन्नुभयो|अबदेखि तिमीहरुले मन्दिरमा आउने समय अलि मिलाएर ग्रुप भएर आउ भन्नुभएको छ|मामाको र भगवानहरुले बोल्नुभएको कुरा नकाटन भन्नुभएको छ|त्येसैले साथीहरु अब समय मिलाएर मन्दिरमा जाने बानी गरौ|

सम्पूर्ण ब्रह्मज्ञानी भगवानकी जय !!!
धन्यबाद

Leave a Reply