ब्रह्मज्ञानी बन्नुछ

By Sushma Dhakal

कैलाशका सदाशिव भूइंमा झर्दा रैछन्  |

सज्जनसँग  भेट गरी कुरा गर्दा रैछन् ||

सजिलो कहाँ छ र ?  उनलाई  चिन्न |

लोभ, मोह, इर्ष्याबाट  हुनुपर्छ भिन्न ||

सदाशिव सबै भन्छन्, पाउन पनि खोज्छन् |

ब्रम्हाज्ञानी हुन पनि सबै  मानिस खोज्छन् ||

सदाशिव भेट्नुछ, ब्रम्हाज्ञानी बन्नुछ |

अन्तरदृष्टि चेतनाको बाटो  लिनुछ ||

ज्ञान ज्योति बालेर  तेस्रो आँखा खोल्नुछ |

तेस्रो आँखा खुलाई हेर मोक्क्ष हुनुछ ||

Leave a Reply