मेराे अनुभव र समाधान

नमस्कार मामा माइजू ,
सम्पूर्ण ब्रम्हज्ञानि सथिहरुलाई ।
२०७४/०३/०३ गते शनिबारको दिन मैले मेरै ब्रम्हज्ञानि साथि जुन २०७४/०२/२५ को दिनमा उसको मृत्यु भएको थियो र उसलाई मैले ब्रम्ह भन्ने ठाउँ छ जो मरेपछि त्यहाँ गएर बिलाउनु पर्छ भन्ने थाहा भएर उसलाई मैले ब्रम्ह पुर्याको थिए र उसलाई ब्रम्ह पुराएपछी म घर गएर सुत्ने बेलामा राती मलाई उसको रुप लिएर प्रेतहरु आयो मेरो कोठाको झ्यालबाट हात आएर मलाई छुन खोज्यो मैले काली माता शिवजी हनुमानजी सम्पुर्ण ब्रम्हज्ञानि भगवान मामा माइजू संग गुहार मागे त्यो दिन मलाई सुत्न गाह्रो भैराखेको थियो र फेरि भोलि पल्ट पनि मलाई राती फेरि त्यस्तै भयो मेरो रूममा मरेको मन्छेहरु पितृहरु र प्रेत हरु सबै देख्न थाले मेरो घरमा त कसैले ढोका खोलेको आवाज आउने कसैले ढकढक गरेको आवज आउने त कसैले बत्तिको स्वीच अनअफ गरेको आवज आउने त कोई मेरै बेडमा म संग सुत्ने भैराखेको थियो र म सुत्न कोशिस गरे सुत्ने बेलामा मलाई बिन्दवासनी मन्दिरको अाँगन देखे र मलाई एउटा कविता आयो र मैले कबिता मार्फत शिवजि संग भनेँ।

सदाशिव जाने हो म पनि कहिले पालो आउँछ भनी।
कहिले पालो आउँछ भनी काटेको टिकट गयो पनि।।
आज आउल भोलि आउला कुर्दै बाटो हेर्दै बसि।
लैजानु हुन्छ कि भन्दै आश गर्दै पनि ।
हजुरको काम गर्नु पर्ने के के हो शिवजी भनि।
अझै पुगेन भने भन्नू शिवजि अहिले पनि ।
भनेर शिवजी संग भने अनि त्यसपछि मलाई शिवजी ले भन्नू भयो।

तिमिले मेरो काम त गरेकै थियौ।
सदशिव जानलाई पक्का भईछौ।।
झिल्केले ले ईशारा पाए तिमिलाई गराउछ अनुभव।
त्यही अनुभवले सदाशिव पुग्ने हो नाअती बस।।
सबैजना पुगिसके मन नदुखाई बस।
सदाशिव जाने पालो तिम्रो भएको छ अब।
धन्यवाद शिवजी हजुरलाई ।
सदाशिवको अनुभव गराईदिनु मलाई।।

भनेर भन्नू भयो अनि मैले सुत्ने बेलामा सदाशिव जानलाई के ले छेकेको रहेछ भनेर मनमा लिएको थिए र एक्कासी झप्प भए तर मलाई प्रेतहरुले मरेको मान्छेहरुले र पितृहरुले सुत्न नै दिएन मैले कति काटे भिरबाट गुल्टाए औला ठर्याएर गलि गर्दा मेरो औला आफै निहुरिने सुतिराखेको ठाउँमा आएर झापड हान्न आउने मैले शिवजी कालीमाता हनुमानजी संग गुहार मागे सुत्न कोशिस गरे सुत्न नै सकेन मेरो शरीर फुलेर पसिनैपसिना भयो रातिको २.३० बजे सम्म मैले भगवानहरु संग गुहार मागे कत्ती भएन मैले औला ठर्याएर मामालाई भन्दिन्छु भन्दा अटोमेटिक मेरो औला नुग्ने अनि अति गाह्रो भएपछि मेरो मनमा मामालाई भन्नू पर्छ भन्ने आयो र मामा लाई भनेपछी मात्र समस्याको समाधान हुन्छ भन्ने आयो अनि मैले मामालाई मेसेन्जरमा म्यासेज गरे मामालाई मेसेन्जरमा भनेँ मामा सुत्नु भएकाे रहेनछ तुरून्तै जवाफ दिनु भयाे । मामा ले जवाफ दिने बित्तिक्कै मलाई हिम्मत बढयो र मामा संग कुराकानी भयो ।

जया:- मलाई अस्ति सुस्मालाई ब्रम्ह पठाए पछि फेरि पनि अस्ति जस्तै सुत्न सकेन अस्ति राती हिजो राती पनि अनि रातभर प्रेतहरु मरेको मान्छेहरु पितृहरु रुममा घरभित्र कहिले ढोका खोलेको आवाज आउने कहिले केही गरेको आवज आउने अनि मलाई पहिलाको बिरामी हुदाँको याद आउने भएको छ मामा भने ।

मामा:- मैले के गरम त ? भनेर भन्नू भयो ।

जया:- मैले भगवान संग पनि गुहार मागे मामा सार्है गह्रौ भएर हुँदै नभएर हजुर संग भनेपछी जान्छ भन्ने आएर भनेको मामा भने ।

मामा:- मलाई भनेपछी जान्छरे ? अनि के गर्ने ? भन्नू भयो।

जया:- मलाई मनमा त्यस्तो आयो र हजुर संग भनेको अहिले पनि मेरो लोबेडमा बसिराखेको छ मरेको मान्छे भनेँ डर लाग्ने भएको छ मलाई यस्तो त पहिला भएको थियो फेरि आज भएको छ भनेँ ।

मामा:- जया तिमी डाक्टर बन्ने बेला भयो अझै यस्तो ? भन्नु भयाे । र सिकाउन थाल्नु भयाे । ल नडराउ पहिला मैले पढाएको सम्झ अब देखि कसैसँग डराउदिन भन बजरंगवलि लाई सम्झ र उहालाई सोधेर म निडर हुन्छु भन। बाहिर जान नडराउ,मैले कालिमाताको बर्णन
गरेर सराङकोटबाट हाम्फालेको थिएँ भनेर सम्झ, सबैको घाँटी काट भन्नू भयो । अफिसको, चिनेको पितृको घाँटि काट र बगाईदेउ भन्नू भयो । घाँटि काट भन्नू भयो ।

जया:- हस् मामा भनेँ ।

मामा:- मन नदुखाउ निडर बन नडराई बहिर निस्क औला ठड्याउदै ढोका बाहिर हेर नडराउ शितल हुन्छ । माताहरु सम्झ अनि कोठा मा आउ भन्नू भयो।

जया:- हस् मामा भनेँ अनि मैले भने मामा मैले के सोचेको थिए भने आजभोलि क्लासमा पहिला पहिला म अस्वस्थ थिए अहिले बल्ल अलि ध्यान भएको छ क्लासमा नयाँ आएकोहरुको अनुभव सुन्दा मलाई मेरो पहिला यस्तै भएको थियो बल्ल बुझ्ने मौका पाए राम्रो संग बुझ्छु पनि भन्ने आएको थियो अस्ति बाट भने अनि मलाई म बिरामी हुदाँ को दिन सम्झदा अाँखामा आँसु आएको थियो।

मामा:- ए होला हामिले त तिम्रो देखेर बुझेको हो तिमिले अरुको देखेर बुझ्ने हो भन्नू भयो ।
अनि मामाले मैले भनेको गर भन्नू भयो ।

जया:- हस् मामा धन्यवाद भनेँ ।

मामा:- मामाले सोध्नु भयो अहिले कस्तो छ भनेर ?

जया:- अहिले हल्का भयो मामा छाती पोलेको छ डर चाहिँ हरायो भनेँ।

मामा:- तिमी जस्तो भाग्यमानी कोई छैन र तिमिले जस्तो असाध्य पनि कसैले गर्दैन भन्नू भयो।

जया:- मैले औला ठड्याएर गाली गर्दा त मेरो औला नुग्ने आफै सार्है गह्रौ भएर हजुर संग भनेकाे मामा भनेँ।

मामा:- ल अहिले हातमा खुकुरी लिएको सम्झेर बाहिर निस्क मनबाट नै काट्दै निस्क हावा खाउ अनि आएर सुत भन्नू भयो ।

जया:- अनि मलाई सुस्मा लाई ब्रम्ह पठाउदा मलाई मनमा उसको कुराहरु सुनेर कताकता डर जस्तो भएको थियो । म पनि एस्तै हुने होला प्रेतले लग्ने होला भनेर सोचेको थिएँ र मामा संग भने मामा मैले सुस्माको ब्रम्ह पठाउदा उसले गरेको अनुभवले पनि मलाई मरेपछी हजुर संग आएर माग्दिन डाईरेक्ट शिवजी संग भन्न सक्ने हुनुपर्दो रहेछ नत्र दु:ख पाउदो रहेछ भन्ने आएको थियो भनेँ ।

मामा:- हो भन्नू भयो र कस्तो छ अहिले भन्नू भयो ।

जया:- रातिको २.४५ बजे बहिर जाम जाम भयो भनेँ ।

मामा:- मैले भनेको कुरा काट्नु हुदैन भनेर भन्नू भयो।

त्यसपछि म बहिर गएँ एकछीन बसेँ मलाई हल्का हुँदै गयो मामा संग कुराकानी गरेपछी । अनि भित्र आएँ मलाई फेरि पनि पितृ पछि लागिनै रहयो मैले त्यो पितृ लाई खुकुरीले हानेर घाँटी छिनालेँ, टाउको एकातिर शरीर एकातिर भयो, मैले त्यो दृश्य आज सम्म देखेको थिएन कि टाउको एकातिर छटपटाएको शरीर अर्कोतिर छट्पटाएको अनि मैले हनुमानजीलाई जिम्मा लगाएर सुतेपछि म सजिलै संग सुतेँ र मेरो उपचार मामा ले मेसेन्जर बाट यसरी गर्नुभयो।
सदाशिव कि जय
सम्पुर्ण ब्रम्हज्ञानि भगवान कि जय।।
धन्यवाद मामा माइजू लाई र सम्पुर्ण ब्रम्हज्ञानि साथिहरु लाई।।

Leave a Reply