मेराे राेग र उपचारकाे यात्रा

By Krishna Shrestha (Chitwan, Padampur)

भाग एक परिचय

मेराे नाम कृष्णमाया श्रेष्ठ हाे । मेराे घर साैराहा चाेक, पदमपुर हाे । मेराे माइत स्याङ्जा बजार, स्याङ्गजा हाे ।म जन्मेकाे तिन दिनमा मेराे टाउकाेमा सएपले बेरेका थियाे रे भनेर अामाले र सबै भन्थे । मेराे घरमा सर्पहरूपनि अाइराख्थे र सर्पलाइ सुनपानीले छरे पछि तिनिहरूजान्थे । म सानाे छँदापनि बिरामी भइ राख्थेँ । मलाइ याद छ मेराे बुबा र अामाले मलार्इ सधै काँधमा लिएर रातभरी बाेकेर डुलाउनु हुन्थ्याे । ८ –९ बर्षकाे उमेर छँदा मैले भनेकाे जस्ताे गर्न पाएँ भने मलाइ सन्चाे हुन्थ्याे । मैले भनेकाे जस्ताे भएन भने मलाइ बिरामी हुन्थ्याे, टाउकाे दुख्ने, वाक्ने एलर्जीहुने हुन्थ्याे ।

त्यसपछि हाम्राे गुफा राखिखियाे । गुफाबाट बाहिर निस्कने दिन थियाे, बिहान ३ बजे उठेर नुहाएँ, त्यसपछि कुनै अदृश्यले तर्साएकाे थियाे । भुत जस्तै केहि जस्तै देखेकाे थिएँ त्यसबेला त्यस पछि म फत्याक्क फत्याक परेर मुटु दुखेकाे थियाे । अनि लामा ल्याएछन् । म बाहिर निस्कन नहुने, मलाइ भित्र राखे लामाले बाहिरबाट फुमक्याे, पानी फुकेर खान दियाे । अनि मलाइ सन्चाे भएकाे थियाे ।

२०४९ सालमा असार १५ गते देखी स्कुल बिदा थियाे । म त्यती खेर १५ बर्षकाे थिएँ हाेला । त्यतिबेला मलार्इ ज्वरअाउने हुन्थ्याे ।त्याे ज्वर १०३ देखी १०७ डिग्री सम्म पुग्थ्याे । त्यसाे हुँदा पाेखरामा डा. कुमार समशेर कहाँ त्याएका थिए । त्यसबेला मलाइ टाइफाइटभएकाे थियाे भनेर भनेका थिए । र अाैषधी ३ महािना सम्म १००० एमजीकाे अाैषधी खाँदापनि ज्वर घटेन । ज्वरमा म बर्बराउथेँ । म अाफुलाइ बाँच्चु जस्ताे लाग्दैनथ्याे । तिन महिना बिरामीहुँदा मेराे हड्डी छालामात्र बाँकी थियाे । मै डा. कुमार समशेर कहाँ पटक पटक लैजादा पनि हब घरै लैजाउ भन्नु हुनथ्याे याे बाहेक अरू अाैषधीले छैन भन्ु हुन्थ्याे । खाना खान सक्दैनथेँ ।र मलार् चम्चामा पानि खुलाउथे तिन महिना सम्म ।  त्घयस बिरामी भएकाे बेलामा घरमा मलाइ बाबुअामा, दाजुभाइ ले कुरेर बस्थे कसनकी मलाइ भुतहरू लिन अाउथे । मैले ति भुतहरूलाइ देख्थे तर त्यहा उपस्थित अरू मानिसहरूले ति भुतहरूलाइ देख्दैनथे । यसरी बिरामी भइरहेकाे र मलाइ भुतहरूले लसन अाउछने भनेर भन्ने गरपछि दाइ बुबाले लामा बाेलाएछन् ।  लामालाइ अछयता देखाउन थाले । म बस्न नसकेर दाइ भाइले समातेर अडाएर राखेका थिए । लामाले दिउसाे ४बजे देखी सुरूगरेकाे थियाे । चरसकाे थालमा एक अाङ्राखाेरा पानीराखेर अाङ्खाेरा त्यस थालमा घाेप्ट्याएर त्यस अाङ्खाेरामा चारतिर बत्तिबालेकाे थियाे । पानि उम्लान थाले पछि बाेक्सी लागेकाे रहेछ भन्न थाले त्याे लामाले । त्यस लामाले याे बाेक्सी कडा रहेछ भनेर अर्काे लामालाइ पनि काेलाएर ल्याएकाे थियाे ।  राती नाै बजे तिर म मा बाेक्सी बाेल्न थाल्याे । बाेक्सी बाेल्दा मेराे माइजु भएर बाेल्न अाएकाे थियाे । बाेल्ने क्रममा हिजाे खान्छु भनेकाे खान सकिन भाेली जसरीभए पनि बहुरूपी लगाएरू भएपनि खान्छु भनेर भनेकाे थियाे । पहिला लामाले फकाउदै थियाे पछि बाेक्सी ले बाेल्न नमाने पछि पिट्न थाथ्याे , म बाेक्सी भएर तिनिहरू सँग लड्न थालेँ । ए क छिन अगाडीसक्क मलाइ अरूले समातेर धानेका थिए मैले बाेक्िप बनेर ति सबै सँगलड्दै थिएँ । म लाइ धान्न पर्दैनथ्याे, त्यहाँ वर पर भइका ले सबैले मलाइ पिट्न थाले । सबैले पिटे । पनियाे तताएर राताे बनाएर गालामा हान्छु भनेकाे थियाे । अरूले हानेकाे थियाे भन्छन् मैले भने हानेकाे देखेकाे थिइन । अरू कुराकानीहरू अलि अलि याद हून्थयाे तर अाफुले अाफ्नाे शरीर चलाउन सकेकाे छैन अरूले अाफ्नाे शरीर चलाइराखेकाे छ भन्ने लागिरहेकाे थियाे । अागाेमा खुर्सानी डडाएर सुध्न लगायाे ।पछि त्यस बाेक्सीलाइ याे बच्चालाइ छाेडभनेर बाचा कबल गराउन थाले । त्यस पछि त्यस बाेक्सी भन्नेले छाेड्छु छाेड्छु भन्याे । लामाले बाती माेटाेेबनाएर बत्ति बालेरमुख अाँ गर्न लगाएर खान लगायाे ।  मैले त्याे बलिरहेकाे बत्ती खाएँ । मलाइ लामा काे पैताला चाट्न लगायाे । त्याे बाेक्सी भएर मैले लामाकाे पैताला चाटेँ मलाइ पनि याे याद छ । दुइटै लामाकाे खुट्टामा ढाेग गर्न लगायाे ।  लामाले खुकुरी ल्याएर त्यसमा पुजा गरेर त्यस बाेक्सीलाइ अबदेखी कहिल्यै अाउदिन भनेर कसम खान लगायाे ।

त्यसकाे भाेलि पल्टबाट अलि निकाे हुन थाल्याे । केही दिन पछि झन् ठिक भयाे र फेरी पाेखरामा डा. कुमार समशेरकहाँ देखाउन ल्याउदा उहाँ हरूपनि कसरी बाच्याे भनेर दङ्ग पर्नु भएकाे थियाे र मलाइ जाँचेर तिमिलाइ केही राग छैन अबदेखी जे खाएपनि हुन्छ भन्न्ु भयाे । त्यस देखी अाजसम्म ज्वराे अाएकाे छैन ।

त्यसकाे एक बर्ष जती पछि मलाइ टाउकाे दुख्न थाल्याे । कुनै अाैषधीले पनि काम गरेन । अनि मेराे भिनाजुले काठमाण्डाैमा नसा तथा मानसिक राेग सम्बन्धित डा. उपेन्द्र देवकाेटाकहाँ लिएर जानुभयाे । डा. उप्रन्द्र देवकाेटा ले migraine हाे भनेर त्यसकाे अाैषधी दिनुभयाे । चार बर्ष जती migraineकाे अाैषधी खाएँ। टाउकाे दुख्ने कहिले कम हुन्थ्याे कहिले दुख्थ्याे । migraine अाैषधी खान छाेडेँ बरू टाउकाे दुखेकाे बेलामा अरू टाउकाे दुखेकाे अाैषधीहरू  Nimes, Aspro, Cetamole, Desprine खाने गरेँ । यी अाैषधीहरू खाने छाेड्ने गर्ने गरेकाे थिएँ । यसाे गर्दै २–३ बर्ष बितेछ ।

म २०५१ साल तिर १७ –१८ बर्षकाे भएकाे थिएँ म अाखा चिम्म गरेर बर्बराउने गर्न थालेँ । म बाेक्सी बाेलेकाे हाे , मेराे नाम ठेगाना याे हाे भनेर कुनै चिनजान इष्टमित्रकाे नाम गरेर बाेल्थेँ । हाेसमा अाउदा सुरूमा केही याद हुन्थेन पछि केही समय पछि कसैले यस्ताे यस्ताे गरेकाे थियाे भन्याे भने अलि अलि याद अाउथ्याे । जस्तै म हाेसमा अाउदा मेराे अगाडी चुराेटका ठुटाहरू, अण्डाका बाेक्राहरू, चिया खाएका गिलासहरू हुन्थे र मेराे मुखबाट चुराेट खाएकाे गन्ध अाइरहेकाे हुन्थ्याे । सबै मलाइ देखेर खिल्लिगरेर हास्थे अनस मलाइ पनि अालि अलि याद अाउथ्याे । म बाेक्सी भएर बाेलेकाे बेलामा मेराे नातेदार चिनेकाे अाएथ्याे । मेराे बाउलाइ नाम काटेर पुननारान भनेर बाेलाउथ्याे रे, मेराे दाइलाइ काले भनेर बाेलाउथ्याे रे, मेराे भाउजुलाइ दुलही भनेर बाेलाउथ्याे रे। नेवारीमा बुहारीलाइ दुलही भनेर बाेलाउने चलन छ । बुहारीलाइ दुलही दुधमात्रै हालेर चिया पकाइदे, चुराेट ५५५ त्यसबेलाकाे सबैभन्दा महङ्गाे चुराेट ल्याइदे, अण्डा उसिन्दे भनेर दुइ तिनवटा अण्डा खान्थ्याे रे, चुराेट दुइतिन खिल्ली, दुइ तिन कम चिया खान्थ्याे रे । मेराे भाउजुलाइ तँ बुहारी हाेस् भनेर ढाेग गर्न लगाउथ्याे रे र मेराे भाउजुले अमाजु भनेर ढाेग गर्नु हुनथ्याे रेर । मेराे दाइलाइ भाइ भनेर माया गरेर अङ्गालाे मारेर अनि बिदा हून्थ्याे र मलाइ सन्चाे हुन्थ्याे ।त्यस पछि मलाइ केहि पनि नभएकाे जस्ताे हुन्थ्याे घरकाे पसलकाे सबै काम जिम्मेवारी लेन देन सबै मैले गर्थेँ कुनै हिसाब फरक पर्दैनथ्याे ।

मलाइ यस्ताे पटक पटक हुन थाल्याे । लामाहरूकहाँ जाने नया नया उपाएहरू लामाहरूले गर्थे। उमालेकाे पानी खन्यादिए, अागाेकाे अाडमा राखेर काेदाेकाे पिठाे हाले पाेल्ने गरेका थिए । मैले राम्राे कपडा लगाए त्याे बाेक्सी अाइ हाल्थ्याे, घरमा केहि प्रगती भएकी बाेक्सी अाइ हाल्थ्याे । त्यसर्ले मैले नयाँ कपडा लगाउथिन, नया जुत्ता लगाउथिन। घरमा कुखुरा पालेर भाले बास्ने भएपछि त्याे बाेक्सी अाएर त्याे भाले काटेर  चडा भन्न अाउथ्याे । घरका मान्छेले पनि मानिदिन्थेर र लामा बाेलाएर लामा ले भने अनुसार कुखुरा काट्ने, कुभिण्डाे काट्ने गरिदिन्थे ।

त्यसपछि मेराे बिहे भयाे । माइतमा हुँदा मैलै पुजाहरू गर्नु पर्थ्याे। माइतहुँदा  घरका सबै पुजाहरू जिम्मा मेराे थियाे थियाे त्यसैले पुजाअाजा,ब्रत निकै गर्ने गरेकाे थिएँ । एक दिन ब्रतबस्दा बेहाेस भएकाे थिएँ । मेराे बिहेभएकाे घुमा पुजा हरू सासु ससराहरूलेनै पुजा गर्ने गर्थे त्यसैले मैले गर्नु पर्दैनथयाे । मलाइ कुनै कष्टहरूपनि थिएनन् ।

सासु बित्नुभयाे । घरकाे पुजागर्ने जिममेवारी ममा अायाे । मेलै फेरी पुजा गर्ने, ब्रत बस्ने गर्न थालेँ मेराे टाउकाे दुख्ने सुरूभयाे । अाखामा अाँसु अाउने हुन थाथ्याे । काठ माण्डाै अाेम नर्सिङ्गहाेम का डाक्टर P.P. Sharma ले Depression हाे भनेर निदाउने अाैषधी दिनुभयाे र मैले खान थालेँ । अाैषधी खाएर निदाएकाे निदाएै भइ राख्ने गरेकाे काे ले अाैषधी खान छाेठेर पाेखरामा लामाकाे मा गएँ । लामाले काेदाेकाे पिठाेले पाेल्नेर जन्तर लगाए पछि सन्चाे भयाे टाउकाे दुख्न र अाँखाबाट अाँसु अाउन छाेड्याे  र डाक्टरकाे अाैषधी खान छाेडेँ ।

अलि अलि असन्चाे भए जस्ताे भइ राख्ने भएर पितृ हेराउन गएँ । त्यहाँ हेरायने मान्छेमा पितृ सासु अाएर बाेल्नुभयाे म तरेकाे छैन मलाइ एकाहा लगाइदे भन्नु भयाे । त्यस बेला म सँग पैसा थिएन र सासुलाइ गाली गर्दै जीउदाे हुँदा पनि दुख्ख दियाे मरे पछि पनि दुःख दिने भनेर भनेकाे त्यसाेभए तिन बर्ष पछि गरिदेउ भनेकाे थियाे ।

मेराे घर बनाउन पर्याे भनि दुन निकाल्नकाे लागी हेराउन गएँ । ब्रमह्मणले जन्म कुण्डली हेर्ने बित्तिकै म नाग भइ राेएँ र घर परिवारलाइ गाली गरेँ ।मलाइ नाग अाएछ र म नाग भएर घिस्रेर हिड्न थालिछु ।  त्यहि हेराउने कहाँ घिस्रेर हिड्दै कुर्चि भित्र पसेकाे थिए । त्यहाँ श्रीमान र म गएकाे थिएम् । ब्राह्मणले देउता अाएकाे भन्याे र जाै तिल सुन पानी छरि दियाे। म बिउझिएँ । ब्राह्मणले मलाइ चाेखा खाउ, चाेखाे भएर बस भन्नु भयाे। गुरू पुर्णिमाकाे दिनमा गुरूमान्न अाउ भन्नु भयाे । त्यस पछि प ञ्चमी पञ्चमीमा नाग भइ हिड्न थालेँ । म नाग भएर घिस्रेर हिड्द रहिछु र घिस्रेर अाँगनमा पुग्द रहेछु । म सर्प जस्तै घिस्रेर हिड्ने , म दुध खान अाएकाे भन्ने गर्दि रहिछु । दुध पनि भैसीकाे नहुने गाक्षकाे चाहिने हुन्थ्याे रे । घर छिमेकीले मलाइ देउता अाउनु भयाे भनेर दुध बाल्टी बाल्टिमा लिएर अाउने गर्थे ।र मैले ति दुध हरू ३–४ लिटर पिउथेँ अरू दुधमा पाैडीखेल्थेँ रे । त्यसबेला अरूका मनका कुराहरू भि दिन्थेँ रे । छाेराले भिडियाेमा खिचसकाे हुन्थ्याे । म अगाएँ सबैकाे कुरा नी भनि दिएँ अब म जान्छु मलाइ बिदा देउ  भने पछि सबैले जाै तिल पानी ले छर्केर सालकाे धुप बाले पछि मलाइ छाेड्थ्याे र म हाेसमा अाउथेँ । पछि म अाफनाे भिडियाे हेरेर छक्क पर्थेँ मलाइ याे याद हुँदैनथ्याे छिमेकहरू याे याे साउनीलाइ किन यस्ताे भएकाे हामिलाइ भइदिएनी हुन्थ्याे भन्थे कसै कसैले।

मत्यसरी सर्प भएर पञ्चमी पञ्चमीमा बर्षाै सम्म हिडेँ । मैले भविष्यवाणी गरिदिन्थेँ, अरू अाइमाइ नछुने भएकाे मैले थाहा पाउथेँ । अरूले छाेउकाे खान हुदैनथ्याे , घरबाट निस्केर जान नहुने, निस्कने बित्तिकै हल्लने काम्ने हुन थालेँ । अरूले छाेए पकाएकाे खान हुदैनथ्याे । यता कार्यले म थाकिसकेकाे थिएँ उपाय केहि थिएनन् । काठमाण्डाै बाट, स्याङ्गजाबाट ठुला ठुला ब्राक्मणहरू ल्याएर पुजा गर्दा पनि केहि लागेन । अन्य विभिन्न उपाएहरू गरे पनि केहि नभए पछि डाक्टर काेमा गएँ । डाक्टरले Depression भनेर अाैषधी खान थालेँ । नाग हुन छाेडेँ । तर अाैषधी खान थाले पछि झन् निन्द्रा लाग्न छाड्याे । अाैषधी बढाउन थालेँ । सुत्ने बेलामा अाखाँ अगाडी नागले हेरेकाे जस्ताे हुन्थ्याे। झन् डरले सुत्न सक्दिनथेँ ।

मेराे भाइ अनिल र बुहारी दीपाले पाेखरामा एक जना डाक्टर अाउनु भएकाे छ । उहाले यस्ता राेगहरूलाइ  उपचार गर्नु हुन्छ जाम भनेकाे भएर म डाक्टर कहाँ जान थालेँ ।

भाग दुइ मेराे उपचार

माघ २५ गते २०७३ सालमा पाेखरामा अाएँ ।

म याे ब्रह्मज्ञानकाे क्लासमा अाउनु अगाडीमेराे छाेरा कुशल श्रेष्ठ अाएकाे थियाे । छाेराले ब्रह्मज्ञान बुझेर छाेरामा अाएकाे परिवर्तनले म खुशी भएकाे थिएँ । सुरूमा त मेराे भाइ अनिलले त्यस ब्रह्मज्ञानमा अाएर पाएकाे ज्ञानले अनिलकाे स्वास्थ र जीवनमा अाएकाे परिवर्तनले म  प्रभावित भएकाे थिएँ । मेराे भाइ अनिल लन्डन बस्ने गर्दथ्याे। अाफ्नाेकाे राेगकाे उपचार त्यहाँ हुन नसके पछि उपचारकाे क्रममा नेपाल अाएकाे र नेपालमा र इन्डियामा गरेर बर्षाै सम्म विभिन्न डाक्टर, धार्मिक गुरूहरू सँग उपचार गराउदै भाैतारिरहेकाे थियाे । तर उसलाइ त्यहा ब्रह्मज्ञानकाे डाक्तरकहाँ गए पछि सन्चाे हुन थालेकाे र भाइकाे जीवनमा अाएकाे परिवर्तनले हामी सब परिवार खुसि थियाैँ ।

म धेरै बर्षदेखि बिरामी भएकाे र सँधै डिप्रेसनका निदाउने अाैषधी दुइ तिन ट्याब्लेट खाए पछि मात्र मलाइ राती निन्द्रा लाग्थ्याे । दिन भरी झाेक्राइरहन्थेँ । त्यसाे भए पछि घरका कामहरूपनि बेलामा पुरागर्न सकिन हाेला त्यसैले मेराे घरमा तनाब थियाे । मलाइ सबैले हेला गर्थे । घर छाेडेर माइती जान्थेँ । माइतीले फेरी घर फर्काइ दिन्थे । यस्ताे करिब ५–७ पटक भयाे । अामाले इज्जत जान्छ भनेर घर फिर्ता पठाइदिनु हुन्थ्याे । बरू तलाइ अावस्यक खर्च गर्ने पैसा दिउला घरै जा भन्नु हुन्थ्याे र मेरा अावश्यक खर्च अामाले पुर्याउनु हुन्थ्याे। मेराे अाैषधी उपचारमा पनि घरबाट सहयाेग हुदैनथ्याे । अाज सम्म ५०० रूपिया मेराे उपचारकाे लागी भनेर माग्दा पनि मेराे लाेग्नेले मलाइ दिएकाे छैन । यस्ताे जीवन काटिराखेकाे थिएँ ।

म क्लासमा अाउन थालेँ । सुरूमा केहि बुझिन । मेराे भन्दा अरूकाे पनि मेराे जस्तै समस्याहरू भएकाहरू अाएका रहेछन् उपचार गर्न र धेरै जनाकाे उपचार भइसकेकाे उदाहरणहरू देखेर मेराे पनि उपचारहुन्छकि भनेर अाशा जाग्याे । उपचारकाे विधि फरक थियाे। क्लासमा डाक्टरसाबले साेध्नु हुन्थ्याे सिकाउनु हुन्थ्याे। मलाइ अस्वथ तेस्राे नेत्रकाे राेग लागेकाे हाे र धेरै दिन लाग्न सक्छ । यहा पटक पटक अाउन सक्छाै धेरै महिना सम्म अाउन सक्छाै पुरा सन्चाे नहुन्जेल सम्म अाउन सक्छाै भने अाउ नत्र नअाउ अाजै फिर्ता जाउ भन्नु भयाे । मैलै बाच्ने अाशा ले हुन्छ म यहि बस्छु पाेखरामा भाइकाे घरमा भनेर भने । म यसरि उपचारकाे लागि पाेखरामा बसेकाे देखेर घरबाट दबाब अाइरह्याे घर अाइज भनेर । घर फाेहाेर भयाे, घरमा पकाएर खान दिनेहरू काेहि छैनन् , छा्ररा बिग्रयाे भन्ने कुराहरू हुन्थे मेराे उपचार कस्ताे भएकाे भनेर परिवारले कहिल्यै साेधेनन् । अाैषधी उपचारमा पैसा लाग्छ रे दिनुहुन्छ भन्दा लाेग्नेले म सँग पैसा छैन भन्नु भयाे ।

क्लासमा अरूकाे अनुभव हेर्ने माैका मिल्याे । अस्वस्थ तेस्राे नेत्र भएका हरूलाइ देवीदेवताहरू, भुत प्रेतहरू, पितृहरू प्रवेश गरेर दुःख दिन्छन् भनेर थाहा भयाे । डाक्टर साब लाइ धेरै जसाेले मामा भन्दा रहेछन् मैले पनि मामा भन्न थालेँ । उहाँले अाफुले लेखेकाे किताब दिनु भयाे, त्यस बिताबका बारेमा हरेक दिन बुझाउनु भयाे त्यसाे गर्दै जाँदा मैले देख्ने गरेकाे सुन्ने गरेकाे अावाजहरूकाे अर्थ लगाइ दिनु भयाे। मलाइ अलि ठिक हुन थालेँ । डिप्रेसनकाे अाैषधी खान छाेडेँ । अाैषधी नखाएपनि निन्द्रा लाग्ने हुन थाल्याे। मेराे शरीरमा अाएर पितृहरू नागहरू बाेले । उहाँले ति सबै लाइ चिन्ने र तर्कने उपायहरू बताइदिनुभयाे ।

यसरि दिनहरू बित्दै गए मैले मेराे तेस्राे नेत्र स्वस्थ भएर ब्रह्मका ज्ञानभएका देवीदेवताहरूलाइ देख्न थालेँ उहाँ हरूसँग प्रत्यक्ष देख्न बाेल्न अर्थ लगाउन सिक्दै गएँ । म सँग ति भुत प्रेत, नाग, पितृहरू टाढा टाढाहुँदै गए र ब्रह्मज्ञानी देवीदेवताहरू नजिक हुँदै गएकाे अनुभव गर्न थालेँ । म  बिन्ध्यबासिनी मन्दिरमा जाँदा माताहरू, गणेशजी, हनुमानजीहरू अाएर बाेल्न थाल्नुभयाे, मलाइ ब्रह्मज्ञान सिकाउन थाल्नु भयाे । मलाइ हुःख दिने भुत, प्रेत,पितृृ,नामहरूलाइहरू लाइ टाढा धपाइदिनु भयाे । मलाइ पनि  तिनीहरूलाइ टाढा धपाउन  सिकाएदिनुभयाे । हरेक दिन शिवजी अाएर मलाइ लेख्न पढ्न सिकाउन थाल्नुभयाे । हरेक दिन गर्दै मैले लेख्न पढ्न सिक्न थालेँ । मैले लेखहरूलेख्ने, कविताहरूलेख्ने, गीतहरूलेखेर क्लासमा सुनाएँ । मेरा ति राेगका लक्षणहरू हराएर मलाइ ति दुखाइहरू याद नअाउने हुन थाल्याे। मेराे जीवनमा नया फुर्ती जागरण जाग्न थाल्याे। मेरा नया साथीहरू भए ब्रह्मज्ञानमा र ती साथीहरूबाट धे रैकुरा सिक्ने, बुझ्ने माैका पाएँ । ती ब्रह्मज्ञानी साथीहरूकाे स्वस्थ तेस्राे नेत्र खुलेकाे थियाे । तिनीहरू सँग मन्दि रमा जाँदा उनीहरू भगवानसँग कुरा गर्थे त्यसै बेला उनिहरू मार्फत भगवान सँग गुरार माग्न पाइन्थ्याे । पछि पछि म मा पनि त्याे क्षमता अाउन थाल्याे र मैले पनि अरू नयाँ साथीहरूलाइ डाेर्याउन मद्दत गरेँ । सुरूमा अरू लाइ डाेर्याउन गाह्राे हुँदाे रहेछ । जस्लाइ डाेर्यायाे त्यसैकाे कष्ट अाउदाे रहेछ । कन्या गुरूङ्ग क्लासमा म भन्दा पछि अाउनु भएकाे हाे । मैले उहाँलाइ अाफुले जानेका कुराहरू सिकाउछु भन्दा मलाइ कष्टभएकाे कुरा मलाइ याद छ । म तिन दिन चल्नै नसक्ने भएँ म अाफुलाइ कन्या गुरूङ्ग जस्तै लाग्याे । पछि क्लासमा मा मालाइ भने पछि कम भएकाे थियाे ।

केही महिना बिते पछि मैले ब्रह्मकाे अनुभव गर्ने माैका मिल्याे । त्यसकाे करिब ३ महिनापछि सदाशिवकाे अनुभव गर्ने माैका मिल्याे ।

 

Leave a Reply