सिक्न धेरै बाकि छ

By Yashoda Makaju

ब्रह्मज्ञान भनेको अथाह सागर रहेछ |
तर म भित्र एउटा रित्तो गांगर रहेछ ||
सिक्न खोज्नु र पाउनु भाग्यको खेल रहेछ |
गल्ति गर्न पुगे बगाउने भेल रहेछ ||
उत्साह परिश्रम र धैर्यको तालमेल रहेछ |
शिवजी संग साथै हिड्ने रेल रहेछ ||
गांगर भर्ने इच्छा जगाई रहेछु |
पुराना दुश्मनलाई भगाई रहेछु ||
शिवजीको साथ पाएको आभास पाएको छु |
त्यसैले आज उनकै गीत गाएको छु ||

Leave a Reply