शिवजी संगको कुराकानी

By Jaya Shrestha

सुनेको थिए भनेको थिए सदाशिव जान्छु भनेर,
पख पख भन्दै जानू भयो शिवजि एकतिर।
कहिले होतनि शिवजी म सदाशिव पुग्ने भनी सोध्दा,
पख पख म लैजान्छु एक दिन।
कुर्दाकुर्दै मामाले कलास लिन पनि छोड्ने बेला भयो,
कहिले सम्म पर्खी बसु सदाशिव पुग्नको लागि।
बल्ल त योग्य हुँदैछ यो ज्ञान बुझ्नको लागि।
यो ज्ञान त बुझेको छु मनन गर्न सकिन,
कहिलेआउँछ मलाई बुद्दी भन्नै सकिन।
यो ज्ञान त बुझेको छौ भन्न पनि सक्छौ
तर बेला बेला बतार्ने गर्न पनि सक्छौ।
माफ गर्दिनु शिव जि मलाई थाहा हुदैन,
ज्यान गए जाला कहिले वाहवाह हुदैन।
वाहवाह गर्नको लागि मनन गर्न जनेको हुनुपर्छ,
मन नदुखाऊ जयाजि सबै संग बोल्न जानेको हुनुपर्छ।
मैले गल्ती गरे होला शिवजी अब गल्ती दोहराऊदिन,
हजुरले भन्नू भएको गित गुनगुनाउने छु।
तिमिले कुरा त बुझेकै हो अगाडि बढ्ने कोशिश पनि गरेकै हो,
हार नमान गल्ती सबैले गरेकै हो तिमी अगाडि बढेकै हो।।

Leave a Reply