“मामाको बारेमा शिवजीले दिनुभएको कविता”

By Sushila Shrestha

सन्दर्भ –

यो कविता शिवजीले मलाई २०७१-८ -१० मा दिनुभएको हो |त्यतिबेला मैले मामाको बारेमा सोचेंर बसेको थिएँ |आज मलाई पोस्ट गर्न मन लागेको हुनाले पुरानो कविता पोस्ट गरेको छु |पढ्नुहोला !

झिल्केको बारेमा तिमीले कति सोंच्ने गरेका छौ |

उसको र मेरो सम्बन्धको बारेमा तिमीले जान्न चाहेका छौ || 

सक्दैनौ तिमीले त अनुमान लगाउनलाई उसको बारेमा |

ठम्याउन त निकै गाह्रो छ उसको र मेरो सम्बन्धको बारेमा ||

तिमीले सोंच्ने गर्छौ कि झिल्केले जे भन्यो त्यो नै अगाडी देखिन्छ |

तिमीलाई के थाहा पो छ र उसको दुख र तपस्याबाट के सिकिन्छ ||

धेरै नसोंच है तिमीले उसको र मेरो बारेमा |

थाहा पाउन निकै कठिन छ है आजको अवस्थामा ||

जादु पनि हैन यो त ज्ञानको परिभाषा दिएको छ |

बुझ्नलाई त कोशिस गरेका छौ तर यो कठिन छ ||

मलाई उसले धेरै चिनेको छ र नजिकबाट हेर्छ |

तिमीले यसमा समय खेर नफाल नत्र उल्टो पो देख्छ ||

        धन्यबाद शिवजी हजुरलाई !!   

Leave a Reply