तेस्रो नेत्रले जे देखियो त्यहि लेखियाे

By Dipendra Shrestha

एक दिन सनिवारको कुरा हो। म बिहान खाना खाईसके पछि तल काेठामा आएर हनुमान चालिसा पढ्न लागे।
पढ्दा पढ्दै अचानक पाल्पा को मेरो हजुरबुबाको पसल देखे।पसल भएको ठाउँ देखि ८किलोमिटर टाढा भएको पुर्खेउली घर पनि देखे। सुरुमा यो मैले के देखेको होला?मनमा आएको
कुरा हो कि जस्तो लाग्यो।(यहिले हजुरबुवा हुनु हुन्न उहाँ बित्नु
भएकाे धेेरै बर्ष भैसक्यो, पाल्पाको घर र पसल बेचेको पनि धेरै बर्ष भैसक्याे।) घडीमा २ बज्यो र मामाकाे क्लासमा गए।
क्लासमा गए पछी मैले देखेको कुरा भनौं कि नभनौ भयो।
भो भन्दिनँ! मनमा आएका कुरा पनि के भन्ने होला जस्तो लाग्यो।भनम कि नभनम भन्दा भन्दा क्लास पनि सकिन लागिरहेको थियो।भो भन्नू पर्‍यो भनेर अगाडी गएर बसे र
बिहान देखेका कुराहरू मामा लाई भने। भने पछि मामाले हात जोडेेर यो पसल,घर किन देखाउनु भएको?को हौ तिमी? भनेर सोध भन्नु भयो।मैले हात जोडेेर मनमनै यो पसल,घर किन देखाउनु भयो?को हो? भनेर प्रश्न गरे।मैरो प्रश्न पुरा नहुदै मैल हाम्रो पुरेत बजे र बुवा सेतो धोती लगाएर हजुरबुबाको श्राध्द्द्
गरिरहेको देखे। मामाले श्राध्द्दमा केहि पाएनौं भनेर साेध्नु भयाे।मैले हाम्रो पुरेत बाजेले रातो तुल कपडामा पोका परिरहेको देख। फेरि मामाले यतिका बर्ष सम्म दिएको पाएनौं भनेर साेध्नु भयो।मैले!हाम्रो पुरेत बाजेले रातो तुल कपडामा पोको पार्दै
एउटा कुनामा चाङ लौउदै गरेको देखे।त्यस पछि मामाले को हौ तिमी भन भनेर साेध्नु भयो।त्यस पछि मैले कालो मात्र देखे अरु केही पनि देखिएन।

यी मैले गरेको अनुभवहरु र देखेका कुराहरु बाट के प्रमाण हुन्छ भने।
।।१।।मानिसको शरीर ३ वटा शरीर मिलेर बनेका हुँदा रहेछन् ।
।।२।।मानिस मरेर पनि मरेका हुँदैन रहेछन् ।
।।३।।उसले केही पनि पाएको हुँदैन रहेछ,उ सधैं अलपत्र परेर
विभिन्न दु:ख,कष्ट भोगिरहेको हुँदारहेछन् र अरु लाई
दु:ख दिने गरेका हुँदारहेछन् ।
।।४।।उसको जाने ठाँउ कहिँ हुदैन र उ आफ्नै
घर,नाता,सम्पत्ति,मायामा फर्कन खोजिरहेका
हुँदा रहेछन् ।
।।५।।मानिसको तेस्रो नेत्र हुँदा रहेछन् ।
।।६।।तेस्रो नेत्र मार्फत ब्रह्मज्ञानी देवीदेवताहरु लाई
देख्न र दोहोरो कुरा गर्न सकिदो रहेछ ।
।।७।।तेस्रो नेत्र मार्फत अदृश्य चिजहरु जस्तै भुत,प्रेत,
पितृ,बोक्सीहरु लाई पनि देख्न र कुरा गर्न सकिदो
रहेछ।
।।८।।तेस्रो नेत्र मार्फत सम्पर्कमा रहेका इच्छुक पितृ,भुत,
प्रेतहरुलाई ब्रह्मको ज्ञान् द्वारा भवसागर तार्न सकिदो
रहेछ।

Leave a Reply