“सावित्री र गायित्री”

By Sushila Shrestha

यस सृष्टटीको सबैभन्दा सुरुको अवस्थालाई ब्रह्म भनिन्छ|ब्रह्मलाई सदाशिव वा परमात्मापनि भनिन्छ|यस संसारमा सम्पूर्ण चिजको सुरुवात ब्रह्मबाट भएको हो र अन्त्य पनि ब्रह्मामा नै हुन्छ|यो ब्रह्म सुरुमा अव्यक्त अवस्थामा हुन्छ र त्यहाँ चंचलता आउछ|त्यस चंचलताको तरंगले ब्रह्मालाई तरङ्गभन्दा भित्रको सानो भाग र तरङ्गभन्दा बाहिरको ठूलो भागमा बिभाजन गरिदिन्छ|यसरी ब्रह्ममा पैदा भएको तरङ्गको आवरणलाई प्रकृति भनिन्छ भने त्यस तरङ्गको भित्रको सानो भागलाई आत्मा वा पुरुष भनिन्छ|यसरी ब्रह्ममा पैदा भएको प्रकृति र आत्माको संयुक्त भागलाई महत भनिन्छ|यस महत नै   सृष्टिको पहिलो जीव हो|

यस महतले आफु जस्तै अरु कुनै महतहरुसंग सम्पर्क राख्न पाएन भने त्यस महत पुन ब्रह्मामा केहि समयपछि बिलाउछ|यदी त्यस महतले अरु कुनै महतहरुसंग सम्पर्क गर्न पायो भने उसको अनुभवका अवारणहरु थपिदै जान्छ|जस्तै सुरुमा एउटा महतले आफु जस्तै अर्को महतसंग समपर्क हुदाको अनुभबहरु उसमा रहेको हुन्छ र यसरी महतहरुले एक-अर्कासंग सम्पर्क हुदाको अनुभबहरु उसमा रहेको हुन्छ|यसरी महतहरु थपिदै जादा कुनै गोलो बन्छ भने कुनै चुचो बन्छ|त्यस गोलो महतले आफ्नो प्रकृति अनुसार थिच्ने काम गर्दछ र यो अनुभबहरु उसमा रहेको हुन्छ|यस्तै गरेर चुचो महतले छेड्ने काम गरेको अनुभब आफुमा रहेको हुन्छ|यसरी सदाशिवबाट  दुइओटा धाराहरु प्रवाह हुन्छन|एउटालाई सावित्री भनिन्छ भनेअर्कोलाई गायित्री भनिन्छ|

सावित्री भनेको यस संसारमा उत्पन्न भएको चिज,बस्तु आदि हुन् भने गायित्री भनेको त्यस बस्तु कसरी बनाउने,त्यस बस्तुको उपभोग कसरी गर्ने र त्यसबाट हामीलाई के फाइदा हुन्छ भन्ने ज्ञान हो|जस्तै उदाहारणको लागि यहि क्लासको टेबललाई लिउँ|हामीले त्यस टेबलको बनावटर रंग देख्छौ त्यसलाई सावित्री भनिन्छ भने त्यस टेबललाई बनाउने जुन ज्ञानको आवस्यकता पर्दछ जसले गर्दा यो टेबललाई राम्रो बनायो त्यो ज्ञानलाई गायित्री भनिन्छ|सावित्री र गायित्री पनि दुइ स्तरका हुन्छन|एउटा ब्रह्मज्ञान जानेको र अर्को ब्रह्मज्ञान नजानेको|शिवजी,हनुमानजी र सम्पूर्ण ब्रह्मज्ञानी भगवानहरु ब्रह्मज्ञान जानेका हुन् भने हामीले अनजानमा चौतारा र ढुंगामा गरेको पुजामा ब्रह्मज्ञान नजानेका सावित्री हुन्|त्यसैले हामीले त्यस्तो सबित्रिलाई पुजा गर्न छोडेका होऊ|ब्रह्मज्ञान जानेका भगवानहरु पछि हामी ब्रह्मज्ञान जानेका मानिसहरु होउ र हामीभन्दा पनि तल ब्रह्मज्ञान नजानेका साबित्रिहरु छन्|हामीले सावित्री र गायित्री दुबैलाई बराबर हिसाबले हेर्योउ भने हामी जीवनमा सफल हुन सक्छौ|एउटा सावित्रीले अर्को सावित्रीलाई प्रयोग गर्न सक्छ|जस्तै हामीले देख्ने शिवजी ब्रह्मज्ञान जानेको हुनुहुन्छ भने उहाले लिनुभएको त्रिसुल पनि सावित्री हो|शिवजीले त्यस त्रिसुलले असुरलाई प्रहर गर्नलाई चलाउनुभयो भने यस अवस्थामा एउटा साबित्रिले अर्को साबित्रिलाई प्रयोग गरेको भन्न सकिन्छ|हामीले एउटा आखाले सावित्री हेर्न सक्नुपर्छ र अर्को आखाले गायित्री हेर्न सक्नुपर्छ|यस्तो गर्न सकयौ  भने हामीले गर्न खोजेको काम सफलतापुर्वक गर्न सक्छौ|

-धन्यबाद

Leave a Reply