सदाशिव भनेको के हो ? यसको अनुभव किन गर्नु पर्ने रहेछ ?

By Sajana Tiwari

ब्रम्ह भनेको सृष्टिको सबभन्दा सुरुको अवस्था हो| यो सुरुमा अव्यक्त अवस्थामा रहेको हुन्छ | ब्रम्हलाई परमात्मा वा सदाशिव भनिन्छ |सृष्टिमा अवस्थित भएका सम्पूर्ण चिजहरुको सुरु ब्रम्हबाट भएको हो र अन्त्य पनि त्यही ब्रम्हमा हुन्छ | त्यो अति सुस्म छ तर सर्बत्र छ | सदाशिवमा पुग्दा आफ्नो म भन्ने भाबनाको आवरणलाई त्यागेर आफु पुन ब्रम्हमा पुगेर पुन अव्यक्त अवस्थामा सदशिवमा पुगेको अनुभब मानिसले आफु जीवित हुदानै गर्न सकेको हुनुपर्छ |यो अनुभब मानिसले स्थुल शरीर हुदा नै अनुभब गर्न सकेमा मृत्यु पछी पनि सदाशिवमा पुगेर बिलाउन सजिलो हुन्छ | यस आवस्थामा शिवजीलाई पछाडिको भाग मात्र देख्न सकिन्छ |

१)सदाशिव मा पुग्दा जोडदिनुपर्ने कुराहरु

  • ब्रम्हज्ञानको मनन् गरि गहिरिएर भाव बुजेको हुनुपर्छ|शिवजीले भनेको कुरा काट्नु हुदैन्|
  • संसारिक मोह सब छोडेको हुनुपर्छ|
  • तृष्णाहरु छोडेको हुनुपर्छ |
  • अन्य छोड्नु पर्ने कुराहरु रिस , क्रोध ,लोभ, इर्स्या ,अहंकार,दुखपिडा,परिवार, नाता,इस्टमित्र.घर,सम्पति,सन्तान,साथीभाई,लोक,गुन लगाएको,सुगन्ध ,वास्ना,स्वार्थ,चाहना,स्वाद,प्रेम,सस्कार,रुची आदि..
  • परिवार शान्त भएको हुनुपर्छ|भन्ने कुरा ब्रम्हज्ञानको क्लास बाट सिक्ने मौका पायौ|
  • धन्यवाद |

Leave a Reply