शिवजीको साथ पाउँदा

By Sushila Shrestha

शिवजी हुने भए सबैका पासा |

अब कोही पनि नहोउ निरासा ||

अतितका कुरालाई राख टाढा |

अब कम्मर कस सबै गाढा ||

ब्रह्मज्ञानको ज्योति उज्यालो पार |

भवसागर बुझी पितृ तार ||

ओझेलमा नपर आउ साथ |

शिवजीको नजिक होउ पाथ ||

आफन्तले मुन्टो फर्काएर गए |

राम्रो भन तिमी झन् मतिर आए ||

तिमी मेरो बाटोमा लाग्यौ |

यसको प्रमाण राम्रोसंग दियौ ||

अब बढ अगाडी आएर |

साथ मैले सधैं तिमीलाई दिएर ||

चटक्क परि हिंड तिमी सधैं |

त्यही मौकामा म हुन्छु सम्मै ||

Leave a Reply