कबिताहरू

By Minu Shrestha

1) शिवजीको पछि लागी आज म यहाँ पुगेँ ।

जिवन र मृत्यु के हो भनी बुझने मौका पाएँ ।।

ब्रम्हज्ञान लाई गहिराईमा गई आखाँ खोल्ने कोशिश गछुॅ ।

नाता सम्बन्ध छोडिकन अगाडी म बढ्छु ।।

सबैलाई शिवजीले गीत दिनु भयो ।

मलाई पनि गीत दिनु हुन्छ भनी आश थियो ।।

हजुर त आउनु भएको थियो होला तर ।

म नै कता भुलेर बसेकी थिए होला ।।

लेख्ने रहर त धेरै थियो तर भावहरू नै आएनन् ।

अब त मलाई पनि कबिता दिनुस शिवजी ।।

यसरी नै अगाडी बढ्ने कोशिश गनेॅ छु ।

2) कैलाशका शिवजी कता हुनु हुन्छ हजुर ।

मलाई पनि कबिता लेख्न दिनुसन सरर ।

आज भोली मन हुन्छ सारै निराश ।

हजुरहरू लाई देख्न नपाउंदा सरर ।

कैले देख्छु शिवजी हजुर लाई ।

मन खोली रून मात्र मन लाग्छ सरर ।

कति पढ्छु कति मनन गछुॅ शिवजी ।

तर पनि आउदैन यो मन भाव सरर ।

Leave a Reply