कृष्णजीले दिनु भएको जिबनका ज्ञान।

समय गएछ भनेर थाहानै भएन कसैलाई।

कृष्णजीले निन्द्रबाट उठाई दिनु भाे मलाई।।

सृष्टि,जिबन र मृत्तु केहाे मलाई साेधनुभाे।

कृष्णजी कृष्णजी भन्दै राधा माता आउनु भाे।।

यहि तिन कुरा बुझेमा मृत्तु पछिकाे बाटाे खुल्नेछ।

समय अाएपछि याे सरिर अबसेक ढल्नेछ।।

स्थुल सरिर ढलेर गयाे जलेर पनि गयाे।

लिगँ सरिरकाे चेतना जिबितै रहि रहयाे।।

सबै चेतना जिबितै रहयाे मरेकाे हाे भन्ने चेतना नै भएन।

भरमकाे चेतना बाेकेर हिड्न कहिले पनि छाेडेन।।

अाफ्ना अाफन्तीकाे छेउमा बसी हात थापनु कहिले भुलेन।

याे झुटाे भ्रणम हाे भनि कहिले पनि साेचेन।।

मात्र लाग्थियाे उसलाई पाएजस्ताे तर लाग्दैन थियाे खाए जस्ताे।

अपुण भ्रमको चेतना भइरहन्छ है सधैनै यस्ताे।।

छैन टिकट काटेकाे तर अाएछ बस चढेर जाने दिन।

छैन पुगेकाे तिर्सना भनेर रूय पनि राेकिने छैन है एकैछिन।।

भ्रमको तिर्सना छाेडी राख तिर्सना सधै एक गासँकाे।

टिकट लिएर बसी राख है अबेक्त हुने ठाउँकाे।।

Leave a Reply