मेराे उपचारकाे यात्रा

By Ratna Baral

मेरा १२ बर्षका दुख पिडा व्यक्त गरी तेस्रो भाग त पोष्ट गरिसकेकी छु | हामीहरु धेरै जसो बिरामी हुनुको कारण ब्रह्मको ज्ञान भएका र नभएका छन् भन्ने थाहा नभएर रहेछ | बाउ, बाजेले जे सिकाए त्यही सिकेका थियौं | त्यही काम, कर्म र कर्तव्य सहि हो र त्यही नै हाम्रो संस्कार हो भन्दै मान्दैं पनि आएका थियौं | त्यही संस्कारले गर्दा हामी रोगि हुनु परेको रहेछ | हामीले पुजेका पितृ, नाग, भंगेर, कुल देवता, झाँक्री, चौतारीका देवता र तेत्तिसकोटी देवतालाई पुजा गरेर, हामी सब परिवारको रक्षा गरिदेऊ भन्दै पुजा गर्यौं | यति पुजा गरेपछि भगवानलाई हामीले खुशी परेका छौँ जस्तो लाग्थ्यो तर त्यही पूजाले हामीलाई रोगी बनाएको रहेछ किनभने ती सबै अज्ञानी रहेछन् | ज्ञानी देवी देवताहरुलाई हामीले चिन्न नसकेका रहेछौं |

हामीहरुले ज्ञान भएका देवी देवताहरुलाई चिन्न सकेका रहेनछौं | ब्रह्मको ज्ञान भएका भगवानहरुमा शिवजी, दुर्गा माता, भद्रकाली माता, अष्टलक्ष्मी माता, हनुमानजी, गणेशजी, राधाकृष्ण भगवान, शितलादेवी माता, विन्ध्यवासिनी माता, ताल बाराही माता, मनकामना माता, राम सिता भगवान, सरस्वती माता आदी हुनुहुँदो रहेछ | यी सबै शिवजीको रूपहरू रहेछन् | यिनै ब्रह्मज्ञानी भगवानहरुलाई चिन्न सकेका रहेनछौं र अज्ञानीहरुको पछी लागेका रहेछौं | त्यसैले गर्दा परिवारमा रोग, ऋण, कलह र अकाल मृत्यु आउँदो रहेछ | यिनै अज्ञानीहरुले हामीलाई दुख कष्ट दिईरहेका हुँदा रहेछन |

ज्ञानी र अज्ञानी देवी देवता चिन्न तेस्रो नेत्रको आवश्यक पर्दो रहेछ | तेस्रो नेत्र हरेक मानिसमा हुन्छ र त्यसलाई खोल्न ब्रह्मज्ञानको सिक्नु पर्दो रहेछ | ब्रह्मज्ञान सिकेपछि तेर्सो नेत्र खोल्न सकिँदो रहेछ र तेस्रो नेत्र खोलेपछि मात्र ज्ञानी र अज्ञानी देवी देवता चिन्न र छुट्टाउन सकिँदो रहेछ |

Leave a Reply