ज्ञान

By Dipendra Shrestha

मैले शिव गीता भन्ने किताब पढ्ने माैका पाएकाे थिएँ । मामाले पटक पटक त्यस किताबकाे चर्चा गर्नु हुन्थ्याे । त्यस किताबमा मैले भेटेका केहि लाइनहरू ।

न कर्मका अनुष्ठानले दानले तपले पनि ।
कैवल्य मुक्ती पाईन्छ पाईन्छ ब्रह्मज्ञानले भनी।।

जहाँ वाणि त फर्कन्छन् न पाई स्थान क्वै पर।
त्यस्ताे आनन्दरुप ब्रह्मज्ञान जाने पछि के काे डर।।

माया हजुर कै सब सृष्टि यो हो।
देख्छु् हजुर् मै उहीँ सृष्टि जो हो।।

हा ! प्रिये!! पुत्र, धन ,मेरो भन्दै चिच्याउँदाउँदै।
भ्यागुतो सर्पले जस्तै टिप्छ कालले रुदा रुदै।।

दर्पण मैलामा मुख देखिन्न साफ सङ्ग ।
त्यस्तै ब्रह्म जान्न सकिन्न तेस्रो आखाँ नखाेलिकन।।

Leave a Reply