के हो त शिव लिङ्ग ?

By Ramesh Sharma

भगवान भनेर हामीले किन ढुङ्गा, मुर्तिलाई पुजा गर्छौं ? हामीलाई ढुङ्गामा मुर्तिमा पुजा गर्न किन सिकाईयो ?

             भगवान अदृश्य हुनुहुन्छ भनेर हामीलाई थाहा छ । तेस्रो नेत्र खोलेकाहरुलाई थाहा छ, भगवान कस्तो हुनुहुन्छ भनेर । भगवानलाई गहिरो रुपमा चिनेकाले, आफ्नो तेस्रो नेत्रद्वारा भगवानहरुसँग प्रतक्ष कुरा गर्न सक्छन् । तर तेस्रो नेत्र नखोलेका र भगवान नदेखेकालाई मुर्ति र ढुङ्गालाई भगवान मान र यसैलाई पुजा गर भनियो । “अहिलेलाई यसलाईनै शिव लिङ्ग मानेर पुजा गर, तेस्रो नेत्र खोलेपछि भगवान देख्छौं अनि उहाँले भने जसरी पुजा गर भन्न खोजिएको हो । मुर्ति र ढुङ्गामा पुजा गर्नु भनेको भगवान तिर एउटा डोर्याउने बाटो मात्र हो । त्यही ढुंगालाई भगवानको प्रतिबिम्ब मानेर पुजा गर्दै गर” । तर कुरा नबुझेर त्यही ढुङ्गा र मुर्तिनै भगवान हो भन्ने तिर लाग्यौं । वास्तविक भगवान को हो र कहाँ हुनुहुन्छ भनेर चिन्न तिर लागेनौं । लिङ्ग भनेको कुनै चिजको एउटा प्रतिबिम्ब मात्र हो । कुनै एउटा चिज छ, त्यसको एउटा रुप हो ।


(माथि लेखिएको अनुच्छेदमा केहि नमिलेको भए सच्याईदिनु होला )


मेरो अरु पोष्टहरु पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् |

रमेश शर्माको पोष्टहरु

Leave a Reply