शिवजी दिनु भएको

By Jyotsana  Shrestha

हेर न हेर हे कान्छी,गुराँस फुल्यो बनैमा ।

तिम्रो र हाम्रो भेट भयो झिल्केको आगनैमा ।।

कतिहो रमाईलो जीवनको रस यो ।

पिउनलाई कम्मरअब तिमी कस याे ।।

तिम्रो हाम्रो भेट यो यसै भएको होइन ।

जीवनलाई तिमीले उमंगले कसन ।।

तिमी रूदा आसुनि मैलेनै हो पुछेको ।

पुकार तिमिले गरेको सधै मैले सुनेको ।।

तिम्रो जिवन पारलाउछु भनि मैले भनेको ।

त्यो दीन अब अयोहै जिवन पार लाउनु छ ।।

ब्रह्मज्ञानलाई तिमीले संसारमा चिनाउनु छ ।

जिम्मेवारी तिमीलाई ठुलो मैले दियको ।।

पुरा तिमिले गर्नेछौ विश्वास हामीले लिएको ।

ब्रह्मज्ञान कठिन छ भन्न अबेर नगर ।।

जीवन मृत्युको यो ज्ञान सबैलाई चाहिएछ ।

मृत्यु टार्ने होइन जीवन अवस्य लम्बिन्छ ।।

योज्ञान तिमीले बुझेमा जीवन सहज बन्नेछ ।

जसले यो ज्ञान बुजेन उसको जीवन अलपत्र पर्नेछ ।।

जीवन मृत्यु बुज्नलाई  ज्ञानकै बाटो रोज्नु छ ।

जसले रोज्छ यो ज्ञानलाई उसको जीवन पार लाग्छ ।।

click here

Leave a Reply