शिवजीसंग वर्ल्ड टुर

By Sushila Shrestha

ब्रह्मज्ञानीहरुको के छ हालखबर ?
मसंग वर्ल्ड टुर जाने छ रहर
जान त जाने कहिले हो सरर ?
के मा र कहाँ जाने हो भन्नुस खरर ?

मैले वर्ल्ड टुर गरेर आए
त्येसैले त तिमीहरुलाई भन्न भ्याए
सिट त अहिले टननई खाली पाए
भन अब को जाने हो सार ल्याए

मामाले भन्नुहुन्छ खर्च कति लाग्छ
माइजुले भन्नुहुन्छ को को जान्छ
जान त ब्रह्मज्ञानी भएर म जान्छु
तर साथ हजुरको ढुक्क पाएर हुन्छु

खर्चको केपिर लग्यो तिमीलाई
झिल्केले मन पनि चोर्यो मलाई
साथ चाहिएमा म दिन्छु तिमीलाई
यो कुरा भनी देउ है झिल्केलाई

खर्च त सबै म नै गरेर लैजाने छु
तर तयार भएर बस म अहिले भन्न्छु
हो हल्ला गर्न जाने होइन त्यहासम्म
यदि मान्छौ भने लैजान्छु पुरै देशसम्म

बाकी भाग पछि लेख्दै गर्छु|

धन्यवाद!

Leave a Reply