मेरो शिव

By Dr. Indu Shrestha

आकाशमा बादलु टम्मै छ

कुरा के छ भन्नेलाई सम्मै छ ।

मेरो शिव तिम्रोनी हो शिव

पहिला सिक पाउनलाई त्यो शिव ।

शिवजीको नराम्रो बानी छ

हेर्दै बस्ने नसुन्ने बानी छ ।

रिझाउनु छ त्यो नसुन्ने शिवलाई

ब्रह्मज्ञान सुन्न त्यो आउनेलाई ।

ब्रह्मज्ञान नघोकि भाछैन

बाटो खर्च नजुटाई भाछैन ।

आकाशमा बादलु टम्मै छ

कुरा के छ भन्नेलाई सम्मै छ ।

Leave a Reply