ब्रह्मज्ञानीहरुलाई गाह्रो हुँदा याद गर्नु पर्ने कुरा…

By Krishna Kumari Baskota (Khadka)

  1. भुतहरुलाई मनपर्ने कुराहरु गर्नुभएन । जस्तै: माया, डाहा, रिस, क्रोध, घरसम्पती, परिवार, नाता छोडनुपर्छ ।
  2. मर्न देखी नडराउने । मर्नै लागेको बेलामा सबैसंग बिदा मागी सबैलाई धन्यवाद दिने ।
  3. पितृहरुको पनि याद नगर्ने । पहिले हामीले पुजापाठ गरेकाे केही पनि नसम्झने । अहिले हामीले मातासंग, शिवजीसंग कुरा गरेको याद गर्ने ।
  4. मान्छे मरिसकेपछी भवसागरमा पर्छ र तातो तेलमा डुबाउने, आगोमा जलाउने, भिरबाट खसाल्छ भन्ने भ्रममा नपर्ने र नडराउने।
  5. शिवजी हुनुहुन्छ, भवसागर पारी शिवजी हुनुहुन्छ भन्ने बिर्सनु हुँदैन । त्यसैले अहिलेदेखी नै शिवजीको काम गर्नुपर्छ, शिवजीलाई रिझाउनुपर्छ, अनि मात्र शिवजीले हामीलाई मरेपछि लानुहुन्छ ।
  6. ब्रह्मज्ञानको पाठ, रामायण, विदुरनिति, मानव शरिर, हनुमान चालिसा पढने र याद गर्ने ।

…………….. लेखनाथ बास्कोटा बाट type

Leave a Reply