“पत्यार नलाग्ने उपचार”

By Sushila  Shrestha

मानिसको शरीर सधैं एकैनासको हुँदैन |कहिले सन्चो त कहिले बिरामी |कतिपय रोगहरु हस्पिटल गएर औसधी खाएर सन्चो हुन्छभने कति रोगहरु सन्चो हुँदैन |यस्तो क्रममा मलाई पनि छालाको यलर्जी भएको थियो अनुहारमा मात्र |धेरै घरेलु उपचार गरें सन्चो भएन र अन्त्यमा हस्पिटल गएँ र छाला सम्बन्धी डाक्टरलाई देखाएँ |डाक्टरले यो यलर्जी उपचार केहीहदसम्म हुनसक्छ भन्यो |महिले महिनाको २ पटक त्यही डाक्टरलाई देखाउथिएँ र औसधी खानथिएँ |यो क्रम २ ,३ बर्ष भयो तै पनि कम भएन |एकदिन मलाई रिस उठ्यो र डाक्टर कहाँ गएँ र भनें कि महिले औसधी निरन्तर खाइराखेको छु तर किन सन्चो हुँदैन भनें |त्यसपछि डाक्टरले अब खानेकुरा बार्नुपर्यो भनेर लिस्ट तयार गर्यो |त्यस लिस्टमा प्याकिंग गरेको पसलमा पाइने तयारी खानेकुरा ,चिज ,सोयासस ,सिमि ,मसरुम ,भिंडी ,भ्यांता ,फर्सी,माछा ,ससेज लगाएत धेरै खानेकुराको लिस्ट तयार भयो |लिस्ट हेरे पछि म त अचम्म परें र भने खान हुने भन्दा खान नहुने खानेकुराको लिस्ट धेरै भयो तर यो कसरी सम्भव हुन्छ भने ?डाक्टरले यस्तो गर्नै पर्छ भन्यो |मैले लिस्टमा लेखेको खानेकुरा खान  छोडें तैपनि उपचार भएन |यो यलर्जी मलाई बिवाह ,ब्रतबंद पितृ कार्यमा गएर आएपछि बढी हुन्ठियो |मेरो अनुहारको छाला पातलो पाप्रा बनेर निस्कन्थियो र अनुहार हेर्दै डरलाग्दो हुन्थियो |तर म यस ब्रह्मज्ञान क्लासमा आएपछि यो समस्याको समाधान भयो |त्यो कसरी भने हामीले मानिआएको संस्कारमा म उपस्थित भएपछि मलाई बढी यलर्जी हुनेथियो |तर यहाँ आएर मैले ब्रह्मज्ञान बुझें ,संस्कार भनेको के हो भन्ने कुरा थाहा पाएँ |संस्कारमा हामीले जानीनजानी बिभिन्न देवी-देवताहरुको ,भूतप्रेत ,पितृ ,त्येतिस्कोती देवता आदिको पुजा गर्छौ |उनीहरुलाई सम्झेर केही भाग छुटाउछौ तर उनीहरु सन्तोष भए कि भएन तनी हामीले गरेको सत्कार प्रति त्यो थाहा हुदैनथियो |यी देवी -देवताहरु भनेको ब्रम्हको ,सृस्टिको बारेमा ज्ञान नभएकाहरु हुन् |त्यसैले उनीहरुलाई पुझ्दा हामीलाई रोग लाग्ने ,हाम्रो जीवन अस्तव्यस्त हुने गर्दो रहेछ |तर यो सबैलाई चिनेर ,उनिहरुबाट तर्किन जानेर आज मलाई यो समस्या भएको छैन |यसो सोच्दा सुनेको भरमा र केही नियम पालना गरे बापत मेरो यलर्जी रोग सन्चो भयो |मैले एक ट्याब्लेट औषधी पनि खाईन |वास्तबमा यसको उपचार हुँदो रहेछ भनेर प्रस्ट भएँ |अहिले मैले सबै खानेकुरा खान्छु र मलाई ठिक छ |मेरो अनुहारमा पहिलाको जस्तो दागहरु सबै मेटियो |वास्तबमा भन्ने हो भने यहीं ब्रह्मज्ञान क्लासमा आएर मेरो उपचार भयो |यसको लागि ब्रह्मज्ञानी भगवानहरु ,मामा ,माइजु र सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई धन्यवाद दिन चाहन्छु |यो मेरो पत्यार नलाग्ने उपचार हो जुन सम्भव भयो |

धन्यवाद !!

Leave a Reply