अंतरचेतनाको खुल्दो ढोका !!!

By Sushma Dhakal

ब्रह्मज्ञानको बारेमा थाहा  नहुँदा मेरो जीवनमा  धेरै भ्रम रहेछन् भन्ने कुरा अहिले आएर ज्ञात भयो | भ्रमकै कारण विभिन्न अफ्ठ्यारा भोग्नुपरेको थियो |जब ब्रह्मज्ञानको बारेमा बुझ्ने र पढ्ने मौका पाएँ  तबमात्र मेरो अन्तर चेतना खुल्न पुग्यो |

अंतरचेतानाको खुलाइपछि  ममा  होस आउँदा म पूर्ण रुपमा यही जीवनमा सुखानुभूतिको अनुभव गर्दै छु | सिक्दै गर्दा पनि मलाई यति आनन्दको अनुभव  गर्दै छु भने मैले पूर्ण रुपमा बुझ्न सकेमा र  जीवनमा लागु गर्न सकेमा मैले  मेरो जीवनमा स्वर्ग यहीँ पाउने छु  |

जब ममा पूर्ण चेतना आउने छ, ममा अग्ला आलिसान मकानको रहर, जग्गाजमिन ,गाडी ,पैसा आदिको  लोभ मोह हुने छैन |आफन्त, साथी, भाइ, छर छिमेक भनेको के हो ? भनेर पूर्णरूपमा बुझेमा जीवनका हरेक तृष्णाहरु मबाट पूर्ण रुपमा मेटाउन सक्न्ने छु |  

अनि  म सदाशिवको अनुभवमा उहाँको पास पुग्न सक्ने छु |त्यसपछि  मात्र मलाई मैले खोजेको, रोजेको मोक्षको सुखानुभूति त्यहीं लिने मौका मिल्ने छ जस्तो मलाई लाग्छ |जीवनका  हरेक प्रश्नको उतर पनि प्राप्त गर्ने छु |

यो आनन्द यही मानव जीवनमा प्राप्त गर्न सकूँ र लिन सकूँ र   ममा त्यागि बन्न सक्ने खुबी दिनुस् अनि  हजारौं जुनीपछिको  यो मानवजीवन ब्रह्मज्ञानले पूर्ण रूपमा सिंचित होस्   भनेर हरपल शृष्टिकर्ता   हजुरलाई अनुरोध गर्दछु | 

Leave a Reply