मन्दिर जादा को अनुभबहरु

By Gobinda Tiwari

२०७३/९/१५गते बिहान११बजेकोथियो|धेरै दिन पहिला बाट म मन्दिर गएको थिएन|माताले छोरी सजना मार्फत मन्दिर आऊ भनी खबर पठाउनु भएको थियो|पुष  पन्ध्रको दिन पसलमा व्यापारको भिड लागिरहेको थियो|त्यसै बेला विन्ध्यवासिनी माता ले बोलाउनु भयो म आउछु माता भने र लगतै घरबाट हिडे मन्दिर को तल सिडीमा पुग्ने बितीकै माथिबाट माता ले माथि आऊ भनूभयो|सुरुमा हनुमानजी भगवानको दर्शन गरे |मलाई माया मानेर गधाले टाउको मा हान्नुभयो |मैले गल्ति गरे मलाई माफ दिनुहोस भने | विशाल शोरुपमा दर्शन दिनुभयो |त्यस पछि सरस्वतीमाताकोमा पुगे, त्यहाँ माताले ब्रह्मज्ञानको किताब,हातमा लिएर मलाई दिनुभयो |मैले प्रश्न गरे पढाई पुगेन भन्दा हो पद भन्नुभयो आशिर्वाद भन्नुभयो,त्यस पछि बिष्णु भगवानको दर्शन गरे , धेरै दिन पछि आयौ भन्नु भयो ,हो भगवान माफ गर्नुहोला भने शिव जीको दर्शन गरे ,तिमीसंग केही कुरागर्न छ भन्नुभयो हुन्छ भने ,शिवजीले एकान्त ठाउमा लगेर सम्झाउन थाल्नु भयो | तिमीले ब्रह्माज्ञान बुजेको छौ,बुजेको जस्तो गरेर बस ,धेरै नबोल ,बोल्ने बेलामा विचार गरेर बोल ,धेरै दिन भयो आएनौ त्यसैले मैले सजना मार्फत खबर पठाउन पर्यो , आयौ धन्यवाद ,तिम्रो जिम्मेवार मैले पैला नै भनेको छु त्यसै अनुरुप आगाडी बढ अलि दिन भयो तिमी हतारिएको आबस्था छौ | हामी छौ चिन्ता नगर झिल्केको कुराहरु मनन् र अनुसरण गर |तिम्रा केही कमजोरी हरु छन् भनि सम्झाई दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद | आउदै गर्यो भने अरु कुरा हरु पनि भन्दै गरौला ,इन्दिरालाई लिएर आएका छौ विस्तारै इन्दिराको आखा खुल्दैछ मन अलिकति हल्का भएको  छ भनि दुई वोटा कुरा भनिदिनुभयो र त्यस पछि हामी सुर्यनारायण भगवान को दर्शन गरे आशीर्वाद छ भन्नुभयो | अनि राधाकृष्ण भगवान को दर्सन गरे त्यो आबस्थामा कृष्णजीले पहेलो रंगको धोति माथि पहेलो रंग को कमिज लगाउनुभएको काधमा क्रस माला जुन मखमली फुलको माला लगाएर बासुरी बजाएर गित गाउनुभएको थियो|

तिरिरि………….. बासुरिको धुन, हामीसग भेटेर कुरा गर्ने यिनै ब्रह्माज्ञानी हुन् |

ब्रह्माज्ञानी आउदा लाग्छ नि खुशी ,तिमीहरु नभईदेउ बेहोसी ||

भनि दुईवटा गित गाउनुभएको थियो| त्यसपछि राम सिताको दर्शनको दर्शन गरे | राम भगवानत  एउटा ठुलो तोप लिएर पटकाउनको लागि तयारी आबस्थामा बस्नुभएको थियो |धनुसबाण पनि तयारी आबस्था थियो | भगवान यि त लडाईका साधन हुन् के गर्ने हो ? भनि सोध्दा अब सुरु भयो कुन अबस्थामा प्रहार गर्ने भन्ने मात्रै हो अलिअलि छरा गोलि त लागिसकेको छ भन्नुभयो | त्यस पछि विन्ध्यवासिनी माताको आगाडी पुगेउ -माताले भिड छ मा बाहिर आउछु भनि बिशाल रुप मा बाहिर आउनुभयो र आशिर्वाद छ भन्नुभयो बाटो हेरेर बसेकी थिए हाजिर मा धेरै दिन गयल छौ भन्नुभयो | मेरो झिल्केलाई आशीर्वाद छ धेरै ढुख कस्ट पार गरेको छ हामीहरु खुशी छौ झिल्के सग | झिल्के आउने बाटो हेर्दा हेर्दै आखा पट्टईरहेका छन् भनेर खबर पुर्याउईदेउ है भन्नुभयो मैले हुन्छ माता भने  |त्यसपछि हामी गणेश भगवान को दर्शन गरेर सम्पूर्ण भगवान हरु लाई धन्यवाद दिएर त्यहाँ बाट बिदा भयौ |

हामीहरुलाई यो ठाउँ सम्म ल्याउने  मामा माईजु लगाएत सम्पूर्ण ब्रह्माज्ञानी साथीहरुलाई धेरैधेरै धन्यवाद!!!!!!!!

शिवजी की जय

सदाशिवकी जय

Leave a Reply